धुलिखेल, ३० असारः काभ्रेको मण्डन देउपुर नगरपालिकाले नगरभित्र संञ्चालन गरिएका टोल शिकाई केन्द्रहरु स्थगीत गरेको छ । वर्षाका कारण बाढी पहिरोको जोखीम रहेकाले अर्को सुचना जारी नभए सम्मका लागी टोल शिकाई केन्द्रहरु स्थगीत गरिएको नगरपालिकाले जानएको छ ।
कोरोना भाईरसका कारण विद्यालयहरु खुल्न सकेका छैनन् । बैकल्पीक पठन पाठनका लागी टोल सिकाई केन्द्र गठन गरिएको थियो । सोही टोल शिकाई केन्द्रहरु स्थगीत गरिएको नगरपालिकाले जनाएको छ ।
ईको हिकाल नेपाल संग सहकार्य गरेर असार एक गते बाट रेडियो बाट पठन पाठन सुरु गरिएको छ । टोल शिकाई केन्द्रहरु स्थगीत गरिएकाले रोडियो शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाएर विद्यार्थीको पठन पाठनलाई उपलब्धीमुलक बनाउन नगरपालिकाले अभिभावक र सरोकारवालाहरुलाई अनुरोध समेत गरेको छ ।








प्रतिक्रिया