२०८३, ७ कार्तिक शनिबार

धुलिखेलका घर धनीलाई चेतावनीः ‘स्वास्थ्य परीक्षण गराएर मात्रै कोठामा बस्न आउनेलाई राख्नु’

धुलिखेलका घर धनीलाई चेतावनीः ‘स्वास्थ्य परीक्षण गराएर मात्रै कोठामा बस्न आउनेलाई राख्नु’


धुलिखेल, ३० असारः धुलिखेल नगरपालिकाका केहि वडाहरुले कोठामा फर्किएकाहरुलाई अनिवार्य स्वास्थ्य परीक्षण गराएर मात्रै राख्न आग्रह गरेका छन् । उनीहरुले कोरोना संक्रमण नफैलियोस् भन्नका लागि गरिएको लकडाउनसँगै कोठा छोडेर आफ्नो पुख्यौली घर गएकाहरु फेरी फर्कने क्रम चल्नेको भन्दै घरधनीलाई सचेत गराएका हुन् ।

नगरपालिकाको वडा नम्बर ७ का अध्यक्ष रोमी प्रसाद श्रेष्ठले लुकिछिपी धुलिखेल आउने क्रम बढेको भन्दै घरधनीहरुलाई सचेतता अपनाउन आग्रह गर्नुभएको छ । उहाँले बिना अनुमति घर प्रवेशमा रोक नलगाएको पाईएमा कोठामा बस्ने र घरधनीलाई समेत नियमानुसार कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

त्यस्तै वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र कर्माचार्यले एक सार्वजनिक सूचना मार्फत स्वास्थ्य परीक्षण गराएर मात्रै घरमा राख्न आग्रह गर्नुभएको छ । उहाँले विभिन्न ठाउँबाट आउँदा कोरोनाको जाखिम बढ्न सक्ने भन्दै स्वास्थ्य परीक्षण गराएर ढुक्क हुन सबैलाई आग्रह गरिएको बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ३० असार मंगलबार  ५ : १० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना