२०८३, १५ बैशाख बुधबार

लिसंखु पाखरका २५ जना अपाङ्ग ब्यक्तिलाई बिउ पूँजी

लिसंखु पाखरका २५ जना अपाङ्ग ब्यक्तिलाई बिउ पूँजी


धुलिखेल, २९ असारः सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाले पालिकाभित्र अपाङ्गता भएका ब्यक्तिलाई बिउ पूँजी प्रदान गरेको छ । २५ जना अपाङ्गता भएका ब्यक्तिलाई १० हजारका दरले बिउ पूँजी उपलब्ध गराइएको पालिकाले जनाएको छ । सबै प्रकारका अपांगता भएका व्यक्तिहरुलाई शिक्षा, स्वास्थ्य, आय आर्जन, सिप विकासमा समान पहुँच पुर्याई समुदायमा व्यवस्थित एवं सम्मानपूर्वक पुनर्स्थापना गर्न बिउ पुँजी प्रदान गरिएको पालिका उपाध्यक्ष हेमगंगा मोक्तानले बताउनुभयो ।

प्रदेश सरकारको सशर्त अनुदान तर्फको अपाङ्गता भएका ब्यक्तिहरुका लागि समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम अन्तर्गत अभिमुखिकरण तथा अन्र्तक्रिया कार्यक्रम समेत गरेको छ । कार्यक्रममा गाउँपालिकाभित्रका अपाङगता भएका ब्यक्तिहरु, गाउँपालिकाका अध्यक्ष कमल प्रसाद नेपाल र अपाङ्ग परिचय पत्र वितरण समितिको संयोजक एवं उपाध्यक्ष हेमगंगा मोक्तान पालिका स्तरीय अपाङ्ग समन्वय समितिका पदाधिकारी, विषयगत शाखा प्रतिनिधिहरु सहभागि भएका थिए ।

प्रकाशित मिति : २०७७, २९ असार सोमबार  ६ : ५३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले