२०८३, १६ बैशाख बिहीबार

सिन्धुपाल्चोकको लार्चा पहिरोमा हराएका एक जनाको जीवितै उद्धार

सिन्धुपाल्चोकको लार्चा पहिरोमा हराएका एक जनाको जीवितै उद्धार


धुलिखेल, २७ असारः सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाको लार्चा पहिरोमा हिजो बिहान बेपत्ता हुनुभएका ४० वर्षीय नाङचे मगरको जीवितै उद्धार गरिएको छ । मगरको आज जीवितै उद्धार गरिएको नायब उपरीक्षक माधवप्रसाद काफलेले जानकारी दिनुभयो । घाइते अवस्थामा भेटिनुभएका मगरेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

यसैबीच जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ५ जम्बुमा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएका २० जनाको खोजी गर्न कठिनाई भएको छ । लगातारको वर्षाले सडक अवरुद्ध हुदाँ कठिनाइ उत्पन्न भएको हो । राजधानीबाट पुगेका २५ जनाको उद्धारटोलीसहितका सुरक्षाकर्मीले आज पनि खाजी कार्यलाई जारी राखेकोे प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

लगातारको वर्षासँगै आएको बाढीपहिरोबाट जिल्लामा हालसम्म ५२ घरमा क्षति पुगेको छ । जिल्लामा बेपत्ताको संख्या २१ पुगेको प्रहरीले जनाएको छ । त्यस्तै लगातारको वर्षाले बुधबार राति आएको सुनकोशी नदीको बाढीले कटान गरेको अरनिको राजमार्गको जुरेमा सडक खुलाउने काम भइरहेको छ ।

प्रकाशित मिति : २०७७, २७ असार शनिबार  ४ : ३१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले