२०८३, १६ बैशाख बिहीबार

काभ्रेमा भूकम्पका वास्तविक लाभग्राहि खोज्न गाउँ-गाउँ जाने

काभ्रेमा भूकम्पका वास्तविक लाभग्राहि खोज्न गाउँ-गाउँ जाने


जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय काभ्रेले जिल्लामा भूकम्पका लाभग्राहिको अवस्था पत्ता लगाउन गाउँमै जाने भएको छ । ट्रान्सफरेन्सी इन्टरनेश्ल नेपालले आज धुलिखेलमा आयोजना गरेको सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा अनुदान ब्यवस्थापन कार्यालयका प्रमुख शिवप्रसाद लम्सालले यस्तो बताउनु भएको हो ।

आगामी आर्थिक वर्षको सुरुदेखि नै पहिलो किस्ताको अनुदान सम्झौता गरेर अन्य किस्ता रकम सम्झौता गर्न नआएका लाभग्राहिको अवस्था पत्ता लगाउने काम सुरु गरिनेछ । काभ्रे जिल्लामा हालसम्म ७३ प्रतिशतले दोस्रो किस्ताको अनुदान बुझिलिएका छन् । कुल लाभग्राहिको ९१ प्रतिशतले मात्रै पहिलो किस्ता बापतको अनुदान सम्झौता गरेका छन् ।

जिल्लामा ६२ प्रतिशतले घर बनाएर तेस्रो किस्ता बापतको रकम बुझिएका छन् । जिल्लामा २०७२ बैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पहरुले क्षति पुर्याएका ९८ हजार १९ घरधुरी सर्वेक्षण गरिएको थियो । त्यस मध्ये ८४ हजार ४ सय ८३ जना लाभग्राहिको नाम अनुदान पाउने सूचिमा सूचिकृत भएको थियो । जिल्लामा ७६ हजार ६ सय ८४ लाभग्राहिसँग पहिलो किस्ताको सम्झौता भएको थियो ।

प्रकाशित मिति : २०७७, १९ असार शुक्रबार  ३ : ३८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले