२०८३, १३ भाद्र आईतबार

वर्तमान सरकारले देशमा व्यापक परिवर्तन गरेरै छाड्ने छ: मुख्यमन्त्री पौडेल

वर्तमान सरकारले देशमा व्यापक परिवर्तन गरेरै छाड्ने छ: मुख्यमन्त्री पौडेल


काठमाडौँ, २ भदौ: प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनतालाई प्रत्यक्ष अनुभूती हुने गरी यो प्रदेशलाई समृद्ध प्रदेशका रुपमा विकास गर्ने बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनको दोस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “ वर्तमान सरकारले देशमा व्यापक परिवर्तन गरेरै छाड्ने छ, यो हाम्रो सङ्कल्प हो, यसलाई पूरा गर्न सबैको साथ र सहयोग आवश्यक छ ।”

मुख्यमन्त्री पौडेलले पच्चीस वर्षअघि जननेता मदन भण्डारीले स्थापना गरेको जगमा हामी अहिले उभिरहेका छौँ भन्दै मदन भण्डारीको सिद्धान्तलाई जीवन्त बनाउन सकेमा मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि ठहरिने बताउनुभयो । मदन भण्डारी फाउण्डेशनका केन्द्रीय सदस्य सीता पौडेलले नेपाल कम्युनिष्ट पार्टीभित्र बहुदलीय जनवादलाई आत्मसात् गर्दै आएका र जनताको बहुदलीय जनवादको नाम नै सुन्न नचाहने दुई फरक धार भएका नेकपा एमाले र माओवादीबीच एकता भएको प्रसङ्ग उल्लेख गर्दै वर्तमान सरकारले जनताको चाहना र अपेक्षा पूरा गर्ने बताउनुभयो ।

नेकपाका नेता डा राजन भट्टराई तथा देवराज घिमिरेले नेपालको कम्युनिष्ट आन्दोलनलाई मदन भण्डारीले प्रजातान्त्रिकीकरण गरेको धारणा व्यक्त गर्नुभयो ।  सभापतिको आसनबाट मदन भण्डारी फाउण्डेशनका उपाध्यक्ष गुरु बरालको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ७ : २५ बजे

शव व्यवस्थापन कठिन भए अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती

शव सुरक्षित राख्नु नै आफन्तलाई पहिचान गराउने आधार हो काठमाडौं

हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामुद्वारा बाढीपीडितलाई २२ लाख २२ हजार सहयोग

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाको भोटेकोशी

बाढी प्रभावित क्षेत्रमा फिरिरीको १० लाखभन्दा बढीको राहत सहयोग

काठमाडौं । नेपाली युवाहरूले स्थापना गरेको डिजिटल कम्पनी फिरिरी भेन्चर्सले

शव व्यवस्थापनमा फ्रिजर र डीएनए किटको अभाव, अन्तर्राष्ट्रिय सहयोग माग्दै सरकार

काठमाडौं । भोटेकोशी बाढीपछि संकलित शवहरू कुहिन थालेपछि सुरक्षित व्यवस्थापन

संकटमा उद्धार, राहत र महिला संवेदनशीलता

विपद् आएपछि सबैभन्दा पहिले मानिसलाई खाना, पानी र बस्ने सुरक्षित