२०८३, १५ बैशाख बुधबार

पाँचखालमा वडाले दियो पलाञ्चोक भगवतिका गुठियारलाई बाद्यबादन

पाँचखालमा वडाले दियो पलाञ्चोक भगवतिका गुठियारलाई बाद्यबादन


धुलिखेल, १२ असारः काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ९ पलाञ्चोक भगवतीका गुठियारलाई बाद्यवादनका साग्रमी उपलब्ध गराइएको छ । वडाले शुक्रबार (आज) एक कार्यक्रमको आयोजना गरी गुठियारलाई बाद्यवादनका सामग्री उपलब्ध गराएको वडाध्यक्ष किरण श्रेष्ठले जानकारी दिए ।

वडाले चालु आर्थिक वर्ष २०७६/०७७ लागि पलाञ्चोक क्षेत्र जात्रा तथा पर्व ब्यवस्थापन शिर्षकमा विनियोजन गरिएको २ लाख रकमबाट बाद्यवादनका सामग्री खरिद गरी गुडियारलाई उपलब्ध गराइएको हो । ‘पाँचखाल नगरको शान धार्मिक कला र साँस्कृतिक हाम्रो पहिचान’ भन्ने नारा सहित वडाले संस्कृति, धर्म र कला संरक्षणको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

पलाञ्चोक भगवती मन्दिरमा लाखे जात्रा, गाईजात्रा, रथयात्रा, भजन किर्तनमा प्रयोग हुने एक सेट बाजा वडाले उपलब्ध गराएको हो । त्यस्तै बडा दशै, चण्डिपुर्णिमा र पलाञ्चोक भगवति मन्दिरमा लाग्ने विशेष पुजामा प्रयोग हुने बैण्डबाजाको १ सेट गरि २ सेटबाजा गुडियारलाई उपलब्ध गराइएको वडाध्यक्ष श्रेष्ठले बताए ।

बाद्यबादन सामग्री हस्तान्तरण गर्न पुगेकी उपप्रमुख लक्ष्मी दनुवारले पाँचखाल नगरपालिकाले नगरभित्र रहेका सबै धर्म, संस्कृतिको जर्गेना गर्ने गरी आगामी आर्थिक वर्षका लागि समेत नीति तथा कार्यक्रम सार्वजनिक गरेको बताइन् । उनले पलाञ्चोक भगवती जस्तै महत्व बोकेका अन्य मठ, मन्दिर, गुम्बाको पहिचान गरी संरक्षण र प्रवद्र्धन गर्ने काममा नगरपालिका सधै लागि पर्ने समेत बताइन् ।

प्रकाशित मिति : २०७७, १२ असार शुक्रबार  ७ : ०० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले