२०८३, १६ बैशाख बिहीबार

काभ्रेका स्थानीय तह बजेट निर्माणको अन्तिम कसरतमा

काभ्रेका स्थानीय तह बजेट निर्माणको अन्तिम कसरतमा


धुलिखेल, ९ असारः काभ्रेका अधिकांश स्थानीय तहले नीति, कार्यक्रम र बजेट निर्माणको काम अन्तिम चरणमा पुर्याएका छन् । आगामी आर्थिक वर्षको कार्यक्रम र बजेट असार १० गतेभित्र सार्वजनिक गर्नै पर्ने कानुनी प्रावधानका कारण पनि जनप्रतिनिधि र कर्मचारी निकै ब्यस्त देखिएका छन् ।

जिल्लाको डाँडापारी क्षेत्रमा पर्ने खानीखोला र महाभारत गाउँपालिकाले पनि भोली नै बजेट सार्वजनिक गर्ने बताएका छन् । त्यस्तै कोशीपारी क्षेत्रमा रहेको चौरीदेउराली र भुम्लु गाउँपालिकाले पनि बजेट सार्वजनिक गर्ने अन्तिम तयारी गरिहेका छन् । रोशी र बेथानचोक गाउँपालिकाले पनि भोली बजेट र कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् ।

जिल्लाको सबैभन्दा कान्छो मण्डनदेउपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्न आवश्यक तयारी लगभग पुरा गरेको जनाएको छ । त्यस्तै बनेपा, धुलिखेल, पनौती, नमोबुद्ध र पाँचखाल नगरपालिकाले पनि बजेट प्रस्तुतिका लागि आवश्यक तयारी अन्तिम चरणमा पुर्याएको दाबी गरेका छन् ।

तेमाल गाउँपालिकाले पनि भोली नै बजेट सार्वजनिक गर्ने गरी सबै पक्षसँगको छलफललाई निरन्तरता दिइरहेको छ ।

प्रकाशित मिति : २०७७, ९ असार मंगलबार  ६ : १० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले