२०८३, १४ बैशाख मंगलबार

काभ्रेका युवाको पाल्पामा मृत्यु

काभ्रेका युवाको पाल्पामा मृत्यु


धुलिखेल, ९ असारः पाल्पाको तानसेन सम्मोबारीमा पहिरोले गाडी बगाउँदा काभ्रेका युवाको पनि ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ८ होक्सेबजार घर भएका २८ वर्षीय निवेश श्रेष्ठको मृत्यु भएको हो ।

श्रेष्ठसँगै पहिरोमा परि चितवन भरतपुर नगरपालिकाका २९ बाङ्गेसालका ३३ वर्षीय वीरबहादुर गुरुङ र पाल्पा रिब्दीकोट गाउँपालिका वडा नम्बर २ देउरालीका ३२ वर्षीय भुवन खाम्चा मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

घटनास्थलमा प्राप्त काजगपत्रका आधारमा मृतकका आफन्तसँग सम्पर्क भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । पहिरो खस्दा अवरुद्ध तानसेन–तम्घास सडकखण्डको सम्मोबारी क्षेत्रमा पहिरो र गाडी हटाइएपछि यातायातका साधन आज बिहानदेखि सञ्चालनमा आएका छन् ।

पहिराले लु २ ख १३७६ नम्बर ट्रक र लु १ क १९२८ नम्बरको ट्याङ्करलाई बगाएको हो । ट्रक भीरमा अड्किएको छ भने ट्याङ्कर तल खोल्सामा टुक्राटुक्रा अवस्थामा छ । लु १ च ७०११ नम्बरको कार र लु २ च ७०४३ नम्बरको पिकअप जीपलाई सडकबाट हटाइएपछि यातायातका साधन सञ्चालनमा आएका छन् ।
रासस

प्रकाशित मिति : २०७७, ९ असार मंगलबार  १२ : ११ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले