२०८३, ७ कार्तिक शनिबार

बनेपा प्रहरीद्वारा हार्डवेयर पसल चोरी गर्ने सार्वजनिक

बनेपा प्रहरीद्वारा हार्डवेयर पसल चोरी गर्ने सार्वजनिक


धुलिखेल, ४ जेठः इलाका प्रहरी कार्यालय बनेपालले हार्डवेयर पसल चोरी गर्नेलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले बनेपाको तेण्डल हार्डवेयरको काउन्टर फोरेर नगद चोरी गर्नेलाई बिहिबार सार्वजनिक गरेको हो ।

हार्डवेयर चोरी गर्ने चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं १ का २७ बर्षीय प्रकाश जंग कुँवर रहेका छन् । कुँवरको साथबाट १ लाख ५० हजार रुपैपाँ समेत बरामद गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमूख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । कुँवर बुधबार पक्राउ परेका थिए ।

कुँवरले जेठ २८ गते राति दश बजेतिर हार्डवेयरको काउन्टरमा रहेको ९ लाख ४ हजार २७५ रुपैयाँ चोरि गरेको भन्दै हार्डवेयर सञ्चालकले प्रहरीमा उजुरी दिएका थिए । कुँवरलाई पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १ डाँडाटोल स्थित साडु दाईको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको इनिस्पेक्टर तिमिल्सिनाले बताए ।

हार्डवेयरको पूर्वपट्टी रहेको गेटबाट उनी भित्र छिरेको अनुसन्धानबाट खुलेको छ । ‘गेटको भूईमा रहेको मोटो पन्छाएर हार्डवेयर पसलभित्र प्रवेश गरेको पाइयो, इनिस्पेक्टर तिमिल्सिनाले भने ‘थप अनुसन्धान भइरहेको छ ।’

अनुसन्धानका लागि जिल्ला अदालत काभ्रेबाट दश दिनको म्याद थप भइसकेको छ । बनेपामा चोरी गरिसकेपछि उनीले काठमाण्डौमा गएर किनमेल गरेको अनुन्धानबाट खुलेको छ । कुँवरका साथबाट नयाँ मोबाइलसेट समेत प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति : २०७७, ४ असार बिहीबार  ७ : २७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना