२०८२, ८ चैत्र सोमबार

कञ्चनपुरमा अठहत्तर महिला हराए, ५४ जना महिला अझै फेला परेन

कञ्चनपुरमा अठहत्तर महिला हराए, ५४ जना महिला अझै फेला परेन


कञ्चनपुर, २ भदौ : कञ्चनपुरका तीन वटा नगरपालिका क्षेत्रबाट आव ०७४÷७५ को असार मसान्तसम्म ७८ जना महिला हराएका छन् । बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका विभिन्न स्थानबाट महिला हराएको भन्दै खोजतलासका लागि निवेदन परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

हराएका ७८ महिलामध्ये २४ जना महिलामात्रै फेला परेका छन् । इप्रका झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भन्नुभयो, “अझै ५४ जना महिला फेला पर्न सकेका छैनन् ।” सबैभन्दा बढी वैदेशिक रोजगारमा गएका व्यक्तिका श्रीमती हराएका छन् ।

अर्कैसँग भागी विवाह गर्ने तथा रोजगारीको प्रलोभनमा परेर हराउने गरेको पाइएको छ । हराएका महिला बेचबिखनमा परेको भने पाइएको छैन प्रहरी निरीक्षक अवस्थीले भन्नुभयो, “बीस वर्षदेखि ४० वर्ष उमेरका महिला बढी हराएका छन् ।” हराउनेमा ५० वर्षसम्मका महिला पनि रहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ५ : ५६ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको