२०८३, ८ कार्तिक आईतबार

संक्रमितको संख्या ७१७७ पुग्यो

संक्रमितको संख्या ७१७७ पुग्यो


३ असार, काठमाडौं‌ । बुधबार नेपालमा थप ५ सय ८६ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको सं‌ख्या ७१७७ पुगेको छ ।

यससँगै संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । उनीहरूमध्ये २० जनाको मृत्यु भएको छ भने एक हजार १६७ जना डिस्चार्ज भएका छन् ।

थप एकको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको बैजनापुर–६ की ४६ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मिर्गौलासम्बन्धी समस्याका कारण उनलाई ३० जेठमा नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएको थियो । १ असारमा उनको स्वाब संकलन गरिएको थियो ।

थप रिपोर्ट नआउँदै त्यही दिन साँझ उनको मृत्यु भयो । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ गते उनमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

कहाँकहाँ थपिए संक्रमित ?
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै महोत्तरीमा २०० जना संक्रमित थपिएका छन् । यस्तै, रौतहटका १२७ जना, प्युठानका ३८, बर्दियाका ३१, गुल्मी र धनुषाका २६/२६ जना, सल्यानका २५, नवपलुरका १७, कालीकोटका १४, अर्घाखाँचीका १२ र कपिलवस्तुका १० जनामा संक्रमण पुष्टि भएको छ ।

मोरङका ९ जना, दाङका ८, बारा, कञ्चनपुर र रुपन्देहीका ७/७ जना, सर्लाहीका ६, उदयपुरका ४, पर्वतका ३ जना, झापा, सुर्खेत र दैलेखका २÷२ जना तथा सिराहा, कैलाली र बाँकेका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २०७७, ३ असार बुधबार  ४ : २१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना