२०८३, १४ बैशाख मंगलबार

ललितपुरका एसएसपीलाई विप्लव समूहको धम्की

ललितपुरका एसएसपीलाई विप्लव समूहको धम्की


काठमाडौं ३२ जेठः प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले नेपाल प्रहरीलाई अनावश्यक खनतलासी र धरपकड नगर्न निर्देशन दिएको छ ।

ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राई नेतृत्वको टोलीले विप्लव समूहका ललितपुर जिल्ला समिति सदस्य सानुराज बज्राचार्यलाई पक्राउ गर्दै उनको कोठामा खनतलासी गरेर ठूलो परिमाणमा विष्फोटक पदार्थ बरामद गरेको थियो ।

घटनापछि सेक्रेटरी विदुषीको नामबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘केपी सरकारका मतियार एसएसपी टेकप्रसाद राईलाई पनि जनताको सामान्य नागरिक भएर बाँच्ने अधिकारको हनन् गर्ने, नागरिकको चरित्र हइता गर्ने खालका अभिव्यक्ति दिने र एक राजनीतिक पार्टीमा आस्था राखेको आधारमा, एक स्वतन्त्र नागरिक भएर जिउने अधिकारको हनन् गर्दै अनावश्यक खानतलासी गर्ने, घर घर्ने घरपकड गर्ने तथा शारीरिक, मानसिक यातना दिने काम तुरुन्त रोक्न निर्देशन गर्दछौं ।’

विप्लव समूहले पक्राउ परेका बज्राचार्य लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको भनेको छ ।

प्रकाशित मिति : २०७७, ३२ जेष्ठ आईतबार  ११ : १४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले