२०८३, ८ कार्तिक आईतबार

सरिता गिरीको राज्यलाइ चेतावनी

सरिता गिरीको राज्यलाइ चेतावनी


काठमाण्डाै, ३१ जेठः समाजवादी पार्टीकी सांसद सरिता गिरीले जातीय भावनामा राष्ट्रियताको कुरा ल्याएर असहमत पक्षलाई आक्रमण गरिएको बताएकी छिन्।

प्रतिनिधि सभा बैठकले आफ्नो संशोधन प्रस्ताव अस्वीकार गरेपछि बाहिरिएकी गिरीले आफूले संशोधन राखेपछि धेरै फोहोरो गालीगलौज सामना गरेको बताइन्।

‘म महिलाको रूपमा बोल्दैछु – या त मैले आत्महत्या गर्नुपर्छ वा जंगको मैदानमा जानुपर्छ भन्ने भयो। महिलाले आफ्नो डिग्निटी र सेल्फ रेस्पेक्टको रक्षा गर्नुपर्छ भनेर म लागेको हुँ,’उनले भनिन्।

उनले थप भनिन्, ‘राष्ट्रियताको नाममा एक जना महिला सांसदको नाममा भएको व्यवहार चेक गर्नु भएन भने नबिर्सनुस् बंगलादेशको निर्माण कसरी भयो’, गिरीले भने, ‘किनभने त्यहाँ पाकिस्तानी सेनाले महिलालाई बलात्कार गर्‍यो। महिलाहरूले निर्माण गर्नुभयो।’

उनले जातीय भावनामा राष्ट्रियता ल्याएर असहमत पक्षलाई आक्रमण भएको बताइन्।

‘जब जातीय भावनामा राष्ट्रियता ल्याएर असहमत पक्षलाई आक्रमण गरिन्छ। त्यसमा हामी बेलमै सचेत भएन भनौं। यसको परिणाम मुलुकको राष्ट्रिय एकताका लागि र राष्ट्रियताका लागि हुँदैन’, गिरीले भनिन्।

प्रकाशित मिति : २०७७, ३१ जेष्ठ शनिबार  ३ : ०८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना