२०८३, १६ बैशाख बिहीबार

सडक पिच गर्ने सम्झौता नगरे याङ्गरी र लार्केको पानी काठमाण्डौ लैजान नदिने

सडक पिच गर्ने सम्झौता नगरे याङ्गरी र लार्केको पानी काठमाण्डौ लैजान नदिने


धुलिखेल, ३० जेठः मेलम्ची खोनपानी आयोजनाको दोस्रो मुहान प्रभावित क्षेत्रका स्थानीयले सडक पिच गरिदिन माग गरेका छन् । राष्ट्रिय आयोजना याङ्गरी लार्के खोलाको पानी मेलम्ची खानेपानी आयोजनाको दोस्रो मुहान हो । बरुवा, बाँसखर्क, लापगाउँका स्थानीयले सडक पिच गरिदिन माग गरेका हुन् ।

बाँसखर्क थाङक्यूरु खेलकुद, कृषि तथा पर्यटन यूबा क्लबले शुक्रबार एक विज्ञप्ति जारी गर्दै खानेपानी आयोजना समिति र जनप्रतिनिधि बीच यसअघि भएको सम्झौता आफुहरुलाई मान्य नहुने बताएको छ । समिति र जनप्रतिनिधिको सम्झौता प्रति आफुहरुको गम्भीर आपत्ति रहेको क्लबका अध्यक्ष न्हुच्र्युङ तामाङले बताए ।

क्लबले राष्ट्रि याङ्गरी लार्के खानेपानी आयोजना प्रभावित क्षेत्र मेलम्ची, दुवाचौर, लापगाउँ, बाँसखर्क, जतन, बरुवा तथा याङ्गरी सडक खण्ड पिच गर्न आग्रह गरेको छ । सडक पिच गर्ने सम्झौता नगरेसम्म खानेपानी आयोजनाको कुनै पनि काम अघि बढ्न नदिने क्लबले चेतावनी दिएको छ । क्लबले सडक आन्दोलन गर्ने चेतावनी दिएको हो ।

प्रकाशित मिति : २०७७, ३० जेष्ठ शुक्रबार  ६ : ४१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले