२०८३, ३१ असार बिहीबार

भारतीय राजदूतावासका कारण विद्यालय पुनर्निर्माण भएन

भारतीय राजदूतावासका कारण विद्यालय पुनर्निर्माण भएन


धादिङ, २ भदौ भूकम्पले पुर्नरुपमा क्षति भएको जिल्लाका १० ठूला विद्यालय निर्माणको जिम्मा भारतीय राजदूतावासले लिए पनि काम शुरु नगर्दा विद्यार्थीहरु अझै टहरामा बसेर पठनपाठन गर्न बाध्य छन् ।

पुनःनिर्माण प्राधिकरण र विभिन्न सङ्घ संस्थाले अन्य विद्यालय निर्माण सकेर विद्यार्थीले पक्की भवनमा बसेर पढ्न थालिसके तर उक्त राजदूतावासले जिम्मा लिए पनि जिल्लामा फर्केर नआउँदा १० विद्यालयको पुनःनिर्माणको काम अलपत्र परेको हो । सालबास मावि चैनपुर, रानीपौवा मावि सल्यानटार, त्रिपुरासुन्दरी मावि खरी, मिन्दूका मावि नलाङ, ठूलोचौर मावि मैदी, बराहकालिका मावि ढोला, सल्यानकोट मावि सल्यानकोट, बृचेत मावि दार्खा, महेन्द्रोदय मावि गजुरी र महाकाली मावि कुम्पुर उक्त दूतावासले एक वर्षभित्र निर्माण गर्ने गरी ०७४ को सुरुवातमै जिम्मा लिएको थियो । निर्माण भइसक्नुपर्ने बेलासम्म पनि राजदूतावासले जिम्मेवारीअनुसार काम शुरु नगरेको र काम गर्ने वा नगर्ने कुनै जानकारी नदिँदा अन्य निकायले समेत ती विद्यालय पुनः निर्माणमा चासो नदिएका मिन्दूका मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद अर्यालले बताउनुभयो ।

धादिङमा भूकम्पका कारण ४६५ विद्यालयका तीन हजार ७७५ कक्षा कोठा पूर्णरूपमा ध्वस्त भएकामा दुई हजार २३५ कक्षा कोठा निर्माण भइसकेको छ । नौसय एकतीस कक्षा कोठाको निर्माण जारी छ भने ५६० कक्षा कोठाको निर्माण शुरु नभएको भूकम्पीय पुनःनिर्माण शिक्षासम्बन्धी जिल्ला कार्यान्वयन इकाइका प्रमुख नवराज खतिवडाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  १२ : १६ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित