२०८३, ८ कार्तिक आईतबार

सिन्धुपाल्चोकको ठोकर्पामा एक घर, एक धारा कार्यक्रम सुरु

सिन्धुपाल्चोकको ठोकर्पामा एक घर, एक धारा कार्यक्रम सुरु


धुलिखेल, २६ जेठः सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर २ ठोकर्पामा एक घर, एक धारा कार्यक्रम सुरु भएको छ । कार्यक्रम अन्तर्गत आजबाट शितलपाटीमा डिप बोरिङको काम थालिएको वडाध्यक्ष पूर्ण बहादुर महतले जानकारी दिए ।

खानेपानी डिभिजन कार्यालय चौताराको ५० लाख आर्थिक सहयोगमा सुरु
भएको आयोजना अन्तर्गत करिब ३ सय घरमा एक घर, एक धारा पुर्याइनेछ । शितलपाटी डिप बोरिङ खानेपानी आयोजनाको थालनी पालिका प्रमुख श्रवण कुमार जिसीले गरेका हुन् ।

यो वडामा भुकम्पपछि कारिता नेपालले सञ्जालन गरेको जीविकोपार्जन कार्यक्रम अन्तर्गत आधाभन्दा बढी घर परिवारमा दुई घर, एक धारा पुगिसकेको वडाध्यक्ष महतले बताए । वडा नम्बर २ मा ६ सय ९८ घरधुरी रहेको छ । वडाको गैरे, ताप्ले, डाँडाकटेरी, भञ्ज्याङ र १२ किलो क्षेत्रमा खानेपानीको चरम समस्या रहेको छ ।

प्रकाशित मिति : २०७७, २६ जेष्ठ सोमबार  ६ : ०२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना