२०८३, ८ कार्तिक आईतबार

बजेटमाथि छलफल आज सकिने, भाेली सम्बन्धित मन्त्रीले जवाफ दिने

बजेटमाथि छलफल आज सकिने, भाेली सम्बन्धित मन्त्रीले जवाफ दिने


काठमाडौं, २५ जेठः प्रतिनिधिसभामा आइतबार पनि विनियोजित बजेटमाथिको छलफल जारी रहने भएको छ । आइतबार राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको बजेटमाथि छलफल हुने छ ।

आइतबार नै ऊर्जा, शिक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह र रक्षा मन्त्रालयको विनियोजित बजेटको शीर्षकमाथि पनि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

शनिवारको बैठकमा अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, वन मन्त्रालय, संस्कृति, पर्यटन मन्त्रालय, उद्योग मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कृषि मन्त्रालयको बजेटमा छलफल भएको थियो ।

शुक्रबार भने कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र युवा तथा खेलकूद मन्त्रालयका लागि विभिन्न शीर्षकमा विनियोजित बजेटमाथि सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए ।

सोमबार मन्त्रीहरुले जवाफ दिने

आज सबै बजेटमाथिको छलफल सकिने छ । संसद सचिवालयको कार्यतालिका अनुसार सोमबार सबै मन्त्रीहरुले सांसदहरुले राखेका धारणा र जिज्ञासाको जवाफ दिनेछन् ।

शुक्रबार ७ वटा र शनिवार ८ वटा गरी १५ वटा मन्त्रालयको मन्त्रालयतगत शीर्षकमाथिको छलफल सकिएको छ । शुक्रबार ५३ जना र शनिवार ६० जना गरी १५ वटा मन्त्रालयको मन्त्रालयगत शीर्षकमाथि ११३ सांसदले धारणा राखेका छन् । शुक्रबार र शनिबारकै हाराहारीमा आइतबार पनि सांसदहरुले धारणा राख्ने बताइएको छ ।

साभारः अनलाइन खबर

प्रकाशित मिति : २०७७, २५ जेष्ठ आईतबार  १२ : ०८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना