२०८३, ७ कार्तिक शनिबार

सिन्धुपाल्चोकको लिसंखु घटना छानविन गर्न नेकपाले बनायो समिति

सिन्धुपाल्चोकको लिसंखु घटना छानविन गर्न नेकपाले बनायो समिति


धुलिखेल, २५ जेठः सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका वडा नम्बर २ लिसंखुमा भएको घटनाको छानविन गर्न नेकपाले ५ सदस्यीय छानविन समिति गठन गरेको छ । बुद्धोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर श्रेष्ठमाथि भएको अमानवीय घटनाको छानविन गर्न लिसंखु पाखर गाउँपालिका कमिटीका ईन्चार्ज पूर्णबहादुर तामाङको संयोजकत्वमा समिति गठन गरिएको हो ।

छानबिन समितिमा नेकपा पालिका कमिटी अध्यक्ष सूर्य लामा, सचिव राजु लामा, सह ईन्चार्जहरू शम्सेर श्रेष्ठ र फुलम लामा छन् । पार्टी कमिटीको बैठकले जिल्ला कमिटी सदस्य ज्ञान कुमार लामा र माईली लामालाई मौखिक स्पष्टीकरण समेत सोधेको छ ।

स्पष्टीकरणले चित्त नबुझेको र घटनामा नेकपाका जिल्ला सदस्यकै पारिवारिक सदस्य समेत सहभागी भएकाले छानबिन समिति गठन गरिएको पालिका कमिटि अध्यक्ष सूर्य लामाले जानकारी दिए । जेठ २१ गते विद्यालय निर्माणका लागि काठमाण्डौबाट ६ जना ठेकेदारले गाउँ पठाएको बिषयलाई बिवाद बनाएर स्थानीय उत्शृंखल युवाको समूहले प्रहरी प्रशासनकै अगाडी प्रधानाध्यापक श्रेष्ठलाई उठबस गराएका थिए । घटनाको चौतर्फी बिरोध भइरहेको छ ।

उत्शृंखल समूहले प्रधानाध्यापकलाई राजिनामा दिन बाध्य पार्नुका साथै गाली बेज्जती समेत गरेका थिए । घटनाका सत्य तथ्य छिट्टै सार्वजनिक गर्ने र दोषि माथि कारबाही हुने अध्यक्ष लामाले बताए ।

प्रकाशित मिति : २०७७, २५ जेष्ठ आईतबार  ७ : ५४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना