काठमाडौं, ३१ बैशाखः चिनियाँ सैन्य जहाज आज बिहान काठमाडौंमा अवतरण गरेको छ । चीनले अनुदानमा नेपाललाई दिएको स्वास्थ्य सामग्री लिएर उक्त जहाज काठमाडौं आएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाअनुसार आज बिहान नौ बजे उक्त जहाज अतवरण गरेको हो। उक्त जहाजमा कति परिमाणमा स्वास्थ्य सामग्री ल्याइएको हो भन्ने खुलेको छैन।
यसअघि नेपालस्थित चिनियाँ दूतावासले हिमालय एअरलाइन्सको जहाज चार्टर्ड गरेर औषधि ल्याइदिएको थियो। अहिले पनि चिनियाँ एअरफोर्सको जहाजमा औषधिलगायत स्वास्थ्य सामग्री ल्याइदिएको हो।
चीनले दिएका औषधि र स्वास्थ्य सामग्रीमध्ये पहिलो लट २७ वैशाखमा हिमालय एअरलाइन्सको जहाजमा काठमाडौं ल्याइएको थियो। उक्त स्वास्थ्य सामग्री २९ वैशाखमा चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललालाई हस्तान्तरण गरेकी थिइन्।
dekhapadhi.com








प्रतिक्रिया