२०८३, ८ कार्तिक आईतबार

निको भए रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक

निको भए रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक


बुटवल, ३० वैशाख: रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक निको भएका छन् । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नंं १ का २५ वर्षका युवक वैशाख १९ गतेदेखि बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा उपचाररत थिए ।

गत शुक्रबार र सोमबारको रिपोर्ट नेगेटिभ आएपछि उनलाई मंगलबार (आज) नै डिस्चार्ज गर्न लागिएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । उनी गएको वैशाख ५ गते भारतको मुम्बईबाट मर्चवारको ठोठरी नाका हुंदै नेपाल प्रवेश गरेका थिए ।

उनको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिए पनि कोरोनाको कुनै लक्षण नदेखिएको डा. थापाले बताए । उनी अस्पतालमा रहँदा स्वस्थ व्यक्ति सरह गीतमा नाचेर दिने बिताउने गरेका थिए ।

घर गएपछि पनि उनी एकहप्ता होम आइसोलेसनमा बस्नुपर्नेछ ।

प्रकाशित मिति : २०७७, ३० बैशाख मंगलबार  ७ : २५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना