२०८३, २२ श्रावण शनिबार

केरलामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३२४ पुग्यो

केरलामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३२४ पुग्यो


कोची, भारत, १ भदौ: भारतको केरला राज्यमा केही दिनदेखिको निरन्तर बर्षाका कारण मृत्यु हुनेको सङ्ख्यामा विगत २४ घण्टामा तीन गुणाले वृद्धि भएको भारतीय सरकारी अधिकारीले जनाएका छन् । शुक्रबार केरलाका मुख्यमन्त्री पिनारायी विजयनले दिएको तथ्याङ्क अनुसार बाढी तथा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३२४ पुगेको छ ।

मुख्यमन्त्री विजयनले शुक्रबार ट्वीटरमार्फत दिएको जानकारीमा भनिएको छ, “केरलामा बाढीका कारण एक शताब्दी यताकै सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ । विगत दश दिनमा मृत्यु हुनेको सङ्ख्या ३२४ जना पुगेको छ । बाढीका कारण उक्त क्षेत्रको खेतीवाली नराम्रोसँग प्रभावित भएको छ ।” बिहीबारसम्मको तथ्याङ्कको तुलनामा शुक्रबार सरकारी अधिकारीबाट प्राप्त भएको मृतक सङ्ख्यामा तीन गुणाले वृद्धि भएको देखिएको छ ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  १० : २१ बजे

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा उकासियो, ४९ करोड वितरणयोग्य मुनाफा तयार

ब्याज आम्दानी १७ प्रतिशत बढ्यो, सञ्चालन मुनाफामा ५३ प्रतिशतको छलाङ;

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको कमाइमा चमक, नाफा ८३ प्रतिशत उक्लियो

खुद नाफा १ अर्ब १८ करोड नाघ्यो, ब्याज आम्दानी २

कृषि विकास बैंकको व्यवसाय विस्तार तीव्र, ब्याज आम्दानी ९ अर्ब नाघ्यो

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३

ज्योति विकास बैंकको नाफामा ‘बम्पर’ उछाल, एक वर्षमै ९०५ प्रतिशत वृद्धि

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३