२०८३, १७ बैशाख शुक्रबार

कोरोना विरुद्ध काभ्रेका संचारकर्मीको दैनिकी

कोरोना विरुद्ध काभ्रेका संचारकर्मीको दैनिकी


धुलिखेल २१ बैशाख : कोरोना भाईरस विरुद्ध सरकारले घोषणा गरेको लकडाउनका कारण काभ्रेका संचारकर्मीहरु पनि समस्यामा परेका छन् । सामान्य अवस्थाका बेला काभ्रेमा दैनिक ४५ जना पत्रकार रिर्पोटिङका लागि फिल्डमा खट्ने गरेकोमा लकडाउनपछि मुस्किलले दैनिक १२÷१३ जना मात्रै पत्रकार फिल्डमा खटिने गरेको नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले बताउनु भयो ।

अध्यक्ष तिमल्सिनाका अनुसार कोरोना विरुद्धको अभियानमा जिल्ला रहेको सामुदायिक रेडियोहरुको भुमिका प्रभावकारी देखिन्छ । अधिकांश पत्रकारहरु होम क्वारेन्टाइनमै बसेर सुचना सन्देश प्रवाह गर्ने काममा क्रियाशिल रहेको अध्यक्ष तिमल्सिनाले बताउनुभयो । लकडाउनपछि सञ्चार गृहहरु सञ्चालनमा नआउँदा कतिपय पत्रकारलाई दैनिक गुजरा चलाउनै मुस्किल परेका महासंघ अध्यक्ष तिमल्सिनाले बताउनुभयो । त्यस्ता पत्रकारलाईलाई खाद्यान्न समेत महासंघ सहयोग गरेको छ ।

जिल्लामा दैनिक, साप्ताहिक, मासिक, पाक्षिक पत्रिका ९९ वटा दर्ता भएको र लकडाउन हुनु पहिले २५ वटा मात्रै साप्ताहिक र मासिक प्रकाशनमा आईरहेको महासंघका सचिव नगेन्द्र अधिकारीले बताउनुभयो । सचिव अधिकारीका अनुसार जिल्लामा दशवटा एफएम रेडियो र ११ वडा आनलाईन न्यूज पोर्टल संचालनमा रहेका छन् । लकडाउनले गर्दा काठमाडौबाट प्रकाशन हुने केही पत्रिकाका जिल्ला संवाददाताहरुले अहिले सम्म कुनैपनि पारिश्रमिक नपाएको र पत्रकार कटौतीमा पर्ने त्रास रहेको सचिव अधिकारीले बताउनु भयो ।

लकडाउनको बेलापनि काभ्रे टाईम्स, चेष्टा साप्ताहिक, रोशीखबर र प्राभतफेरी निरन्तर प्रकाशन भैरहेको नेपाल प्रेस यूनियन काभ्रेका अध्यक्ष कपिल कोईरालाले बताउनु भयो । अध्यक्ष कोईरालाका अनुसार जिल्लाबाट प्रकानहुने सबैजसो साप्ताहिक पत्रिकाहरु ई–पेपरको रुपमा प्रकाशन गरेका छन् ।
कोरोना भाईरस विरुद्ध पत्रकारहरुले काभ्रेमा प्रभावकारी सुचना सन्देश दिन सफल भएको प्रेस संगठन नेपाल काभ्रेका संयोजक भुवन रायमाझीले बताउनु भयो । संयोजक रायमाझीका अनुसार संगठनले जिल्लाका सबै सञ्चार गृहहरुमा क्रियाशिल पत्रकारहरुको सुरक्षाका लागि मास्क र स्यानेटाईजर वितरण गरेको छ ।
लकडाउनका बेला काठमाडौबाट काभ्रे आउँदै गरेका फोटो पत्रकार भीमबहादुर लामालाई मापसे गरी सवारी चलाएको भन्दै गत हप्ता प्रहरीले गिरफ्तार गरेको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमारविक्रम थापाका अनुसार फोटो पत्रकार तामाङ ललितपुर पत्रकार महासंघका सदस्य हुन ।
लकडाउनमा पत्रकारहरुलाई सुचना संकलनका लागि कुनै अवरोध नभएपनि विषयवस्तुको स्रोतसम्म पुग्न भने निकै समस्या रहेको कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता रमा दाहालले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २१ बैशाख आईतबार  ४ : ०७ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले