२०८३, १७ बैशाख शुक्रबार

तातोपानी नाकाबाट स्वास्थ्य सामाग्री मात्रै आयात

तातोपानी नाकाबाट स्वास्थ्य सामाग्री मात्रै आयात


काठमाडौं, ७ वैशाख: निजी क्षेत्रले आयात गरेको स्वस्थ्य सामाग्री तातोपानी नाकाबाट भित्रिन सुरु भएको छ । नाका सञ्चालनमा आए यता आइतबारसम्म गरेर सात कन्टेनर स्वस्थ्य सामाग्री नेपाल भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

तत्कालका लागि स्वस्थ्य सामाग्री मात्रै नाका भएर आयात भएको भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । ‘आसीयूमा प्रयोग गरिने उपकरण, पीपीई सेट र मास्क लगायतका स्वस्थ्य सामाग्री चीनतर्फबाट नेपाल भित्रिएका छन,’ भन्सार प्रमुख खत्रीले भने ।

कोरोना सर्तकता अपनाउँदै भन्सारले प्रथमिक चरणमा कारोबार गरिरहेको उनले बताए । हाल चीनीयाँ कन्टेनरले माल वस्तु ल्याएर नेपालतर्फको यार्डमा खन्याउने र त्यसलाई २४ घण्टा कोरिन्टाइनमा राखे पछि नेपाली कन्टेनरले नेपालतर्फ ल्याउने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

तत्कालका लागि अत्यवश्यक खाद्यन्न र फलफूलको आयात पनि गर्ने गरी तयारी भईरहेको उनले बताए । चिनमा कोरोना संक्रमण देखिए पछि माघ १४ गते देखि बन्द भएको नाका चैत १२ गतेबाट औपचारिक रुपमा खुल्ला भएको थियो ।

स्राेतः अनलाइन खबर 

प्रकाशित मिति : २०७७, ७ बैशाख आईतबार  ३ : ३५ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले