२०८३, २१ भाद्र सोमबार

प्रदेश २ सरकारले ल्याएको ‘हेलो मुख्यमन्त्री’मा आएका गुनासा रेकर्ड नै हुँदैनन् !

प्रदेश २ सरकारले ल्याएको ‘हेलो मुख्यमन्त्री’मा आएका गुनासा रेकर्ड नै हुँदैनन् !


काठमाडौं, भदौ १ : प्रदेश २ सरकारले जनताको गुनासा सुन्न र सम्बोधन गर्न चलाएको ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम प्रभावहीन भएको छ । कार्यक्रमका लागि राखिएको फोन प्रायः उठ्दैन । उठिहाले पनि गुनासा रेकर्ड गरिँदैन । ‘हेलो मुख्यमन्त्री’मा गुनासो टिपाउन टोल फ्री नम्बर १६६०४१५२८४३ राखिएको छ ।

प्रदेश सरकारका सयदिने कार्ययोजना सार्वजनिक गर्दै मुख्यमन्त्री लालबाबु राउत गद्दीले तत्कालै जनताको गुनासो सुन्ने घोषणा गरेका थिए । तर, कार्यक्रम सुरु भएको एक महिनाभन्दा बढी भए पनि गुनासा सम्बोधन भएका छैनन् । मुख्यमन्त्री राउतले ‘हेलो मुख्यमन्त्री’ कार्यक्रमका लागि छुट्टै डेस्कको व्यवस्था गर्नेसमेत घोषणा गरेका थिए । उनले आर्थिक अनियमितता र महिला हिंसाका घटनालाई गम्भीरतापूर्वक लिएर तत्कालै कारबाही प्रक्रिया अघि बढाउने पनि बताएका थिए । तर, अहिलेसम्म पनि छुट्टै डेस्क स्थापना हुन सकेको छैन ।

टोल फ्री नम्बर दर्ता–चलानी शाखामा राखिएको छ । तर, फोन उठाउने कर्मचारीको व्यवस्था छैन । सो शाखाका कर्मचारीले फुर्सदमा मात्र फोन उठाउँछन् । एक कर्मचारीले भने, ‘कार्यालय समय १० देखि ४ बजेसम्ममा दैनिक आधा दर्जनजति फोन आउँछन्, तर समस्या र गुनासो टिप्न सकिरहेका छैनाँै ।’ उनले प्रायः भ्रष्टाचार, महिला हिंसा, दुर्घटनाका विषयमा गुनासो आउने बताए । – नयाँ पत्रिका

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ७ : ०३ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको