२०८३, २१ भाद्र सोमबार

नालामा गोही भेटियो

नालामा गोही भेटियो


नेपालगञ्ज, ३० साउन: बाँके बैजनाथ र खजुरा गाउँपालिका भएर बग्ने ई–गाउँस्थित पेडारी नालामा गोही भेटिएको छ । गोहीले खजुरा गाउँपालिका ई–गाउँका सेते वलीको २० किलोको बाख्रा खाएको स्थानीय बासिन्दाले बताएका छन् ।

गोही अन्दाजी ४० किलो तौलको भएको आँकलन गरिएको छ । दिउँसै नालामा गोहीले बाख्रा निल्न खोजेपछि स्थानीय बासिन्दाको भीड लागेको थियो । सो नालामा यसअघि गोही नदेखिएको स्थानीयवासीले जनाएको छ । नाला किनारमा स्थानीय बासिन्दाले टाढैबाट लाठीले घचेटेपछि गोहीले बाख्रा छोडे पनि बचाउन नसकिएको स्थानीयवासी देवराम विसीले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ३० श्रावण बुधबार  ९ : ३९ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको