२०८३, ८ कार्तिक आईतबार

मण्डनदेउपुरका ५ हजार ५ सय ५ घरधुरीलाई इन्द्रावतीको पानी

मण्डनदेउपुरका ५ हजार ५ सय ५ घरधुरीलाई इन्द्रावतीको पानी


धुलिखेल, ३ चैत  : काभ्रेको मण्डनदेपुर नगरपालिकाका ६ वटा वडाका ५ हजार ५ सय ५ घरधुरीलाई इन्द्रावतीको पानी खुवाइने भएको छ । सुख्खाग्रस्त क्षेत्रको लागि वृहत्तर खानेपानी योजना अन्तर्गत आयोजना निर्माण हुन लागेको नगरपालिकाका प्रवक्ता दिल्ली प्रसाद आचार्यले जानकारी दिए ।

आयोजना निर्माण भएपछि ७, ८, ९, १०, ११ र १२ नम्बर वडा पुरै, ४ र ६ नम्बर वडाको तल्ला भागका स्थानीयलाई खानेपानीको सुविधा पुग्नेछ । आयोजनाले ५ हजार ५ सय ५ घरधुरीमा खानेपानी प्रवक्ता आचार्यले बताए । आयोजना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत लगभग अन्तिम चरणमा पुगेको छ ।

बहुवर्षीय योजना अन्तर्गत संघीय सरकारले चालु आर्थिक वर्षका लागि मात्रै १० करोड विनियोजन भएको प्रवक्ता आचार्यले जनाए । इन्द्रावती नदीको पानी लिफ्ट गरेर चण्डेनीको डाँडामा मुख्य ट्याङ निर्माण गरिनेछ । ‘यो आयोजना संघ सरकार हो, हाम्रो काम भनेको स्थानीय तहमा समन्वय गरिदिने मात्रै हो, प्रवक्ता आचार्यले भने डिपिआर लगभग अन्तिम चरणमा पुगिसकेको छ, आयोजना निर्माण भएपछि ५५ सय भन्दा बढी स्थानीयको घरमा पानी रहितको धारा पुग्नेछ ।’

ठूला र दीर्घकालिन आयोजना सञ्चालन नहुदाँ मण्डनदेउपुरको त्यस भेगका स्थानीय चरम खानेपानीको समस्या झेलिरहेका छन् । ‘ठेक्का लगाउने देखि काम सकाउने जिम्मा संघ सरकारकै हो, यो आयोजनालाई कुनै ढिलासुस्ती बिनानै छिटोभन्दा छिटो सकाउने गरी काम गर्न हामीले पहल गरिरहेका छौँ ।’

प्रकाशित मिति : २०७६, ३ चैत्र सोमबार  ७ : ०७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना