२०८३, ९ कार्तिक सोमबार

अर्यालद्वारा पदभार ग्रहण, सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गराउने प्रतिबद्धता

अर्यालद्वारा पदभार ग्रहण, सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गराउने प्रतिबद्धता


काठमाडौं, २३ फागुन: न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष राजेन्द्र अर्यालले सरकारले तोकेको श्रमजीवी पत्रकारको पारिश्रमिक कार्यान्वयन गराउन पहल गरिने बताएका छन् ।

उनले आज ९शुक्रबार० सञ्चारग्राम, तिलगंगास्थित कार्यालयमा पदभार ग्रहण गर्दै सरकार, नेपाल पत्रकार महासङ्‌घ, सञ्चारमाध्यम र पत्रकारसँगको समन्वयमा सरकारले तोकेको पत्रकारको न्यूनतम पारिश्रमिक लागू गराइने बताए।

उनले अहिलेको महँगीले पनि पत्रकारको नयाँ तलबमान पुनरावलोकन आवश्यक रहेको धारणा राखे। समिति गठन भएको करिब १५ वर्ष पुग्दा पनि पत्रकारको पेसागत र भौतिक अवस्था सुनिश्चित नभएको उल्लेख गर्दै उनले सञ्चारमाध्यमले पनि न्यूनतम पारिश्रमिक लागू गरेर मर्यादित पत्रकारिता बनाउन सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक लेखनाथ शर्माले पत्रकारको पेसागत सुरक्षा गर्न सरकार सधैँ तयार रहेको बताए। उनले अन्य देशमा रहेको पत्रकारको तलब जति नै नेपालमा गराउनुपर्ने धारणा पनि राखे ।

पत्रकार महासङ्‌घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको पेसागत र भौतिक सुरक्षाका लागि महासङ्‌घ लागिपरेको छ भन्दै सरकारले नयाँ तोकेको तलबमान लागू गराउनुपर्ने बताए। उनले श्रमजीवी पत्रकार ऐन संशोधन गरेर समितिलाई अनुगमन र कारवाहीको अधिकार प्रत्याभूत गराउनुपर्नेमा जोड दिए ।

नवनियुक्त अध्यक्ष अर्याललाई समितिका सदस्य केपी गौतमले स्वागत गर्दै सरकारले तोकेको पारिश्रमिक लागू गराउनुपर्ने बताए। उक्त अवसरमा नेपाल टेलिभिजनका सञ्चालक समिति सदस्य टङ्‌क पन्त, पत्रकार महासङ्‌घका उपाध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्टले पनि उनलाई बधाई दिएका थिए ।

विगत २० वर्षदेखि पत्रकारितामा क्रियाशील अर्याल तत्कालीन प्रेस चौतारी नेपालका अध्यक्ष हुन् । यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

रासस

प्रकाशित मिति : २०७६, २३ फाल्गुन शुक्रबार  ६ : ०७ बजे

विद्यार्थी जागेपछि सिंहासन हल्लिन्छ, इतिहास बदलिन्छ !

इतिहास सधैँ सत्तामा बस्नेहरूले मात्रै लेख्दैनन्। इतिहासको दिशा बदल्ने शक्ति

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर