२०८३, १८ बैशाख शनिबार

धुलिखेल नगरपालिकामा मानव बेचविखन तथा ओसारपसार विरुद्धको छलफल

धुलिखेल नगरपालिकामा मानव बेचविखन तथा ओसारपसार विरुद्धको छलफल


धुलिखेल, १३ फागनुः धुलिखेल नगरपालिकाले मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध सरोकारवाला ब्यक्तिबीच छलफल गरेको छ । अन्र्तक्रिया मंगलबार नगरपालिकाको सभाहलमा भएको हो । कार्यक्रममा प्रहरी, विभिन्न वडाका वडाध्यक्ष, मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध काम गरिहेका नागरिक समाजका प्रतिनिधि सहभागि भएका थिए ।

कार्यक्रममा बोल्दै उपप्रमुख बिमला शार्माले मानब बेचबिखन तथा ओसारपसारको कार्य रोक्न सबैको साथ अपरिहार्य रहेको बताइन । उनले मानव बेचविखन तथा ओसारपसारको रुप फेरिएको भन्दै सचेत सहनसमेत आग्रह गरिन् ।

छलफलमा अधिवक्ता गणेश दाहालले मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कानूनी ब्यवस्थाका बारे जानकारी गराएका थिए । त्यस्तै जिल्ला प्रहरी कार्यालय धुलिखेलले जिल्लामा मानव बेचबिखनको अवस्था र रोकथामका उपायका बारे सरोकारवालाहरुलाई जानकारी गराएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना लगायतले पनि मानव बेचबिखन तथा ओसार पसारका विभिन्न आयामका बारे धारणा राखेका थिए ।

प्रकाशित मिति : २०७६, १३ फाल्गुन मंगलबार  ६ : ५७ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा