२०८३, १८ बैशाख शनिबार

धुलिखेल-७ का महिलालाई एक महिने ह्यान्डीक्र्याफ्ट तालिम

धुलिखेल-७ का महिलालाई एक महिने ह्यान्डीक्र्याफ्ट तालिम


धुलिखेल, १२ फागुनः धुलिखेल नगरपालिकाको वडा नम्बर ७ मा सञ्चालन गरिएको हातेडल निर्माण तालिम सकिएको छ । तालिम पुस १३ गतेदेखि सुरु भएको तालिम आज सकिएको हो । नगरपालिकाको आर्थिक सहयोगमा धुलिखेल ह्यान्डीक्र्याफ्ट एण्ड ट्रेनिङ्ग सेन्टरले तालिम सञ्चालन गरेको थियो । तालिममा वडा नम्बर ७ का १२ जना महिला सहभागि भएको वडाध्यक्ष राेमीप्रसाद ब्याञ्जुले जानकारी दिए ।

तालिमको समापनमा बोल्दै नगरप्रमुख अशोक कुमार ब्याञ्जुले सिकेको सिपलाई ब्यवहारिक रुपमा उतार्न सहभागिहरुलाई आग्रह गरे । उनले उत्पादित सामान बिक्रीका लागि नगरपालिकाले छुट्टै कोसेली घर समेत सञ्चालनमा ल्याएको भन्दै बिक्री हुदैँन कि भन्ने चिन्ता लिनु नपर्ने बताए ।

पालिकाले गठन गरेको ५ वटा परिषद् हालसम्म ७ सय ६५ जनालाई सिपमुलक तालिम दिइसकेको धुलिखेल नगरपालिकाले जनाएको छ । नगरपालिकाले महिला परिषद्, आदिवासी जनजाति परिषद्, युवा परिषद्, अपाङ्ग वर्ग परिषद् र दलित वर्ग परिषद् गठन गरेको छ ।

प्रकाशित मिति : २०७६, १२ फाल्गुन सोमबार  ६ : ०९ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा