२०८२, २ माघ शुक्रबार

लिसंखु-पाखर गाउँपालिकाका पशुपालक किसानलाई सहुलिय ऋण

लिसंखु-पाखर गाउँपालिकाका पशुपालक किसानलाई सहुलिय ऋण


धुलिखेल, ४ फागुनः सिन्धुपाल्चोक जिल्लाको लिसंखु-पाखर गाउँपालिकाले पशुपालक किसानका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने भएको छ । पालिकाले एक सुचना निकालेर ब्यवसायिक पशुपन्छी पालन गर्ने किसानहरुसँग निवेदन माग गरेको छ । पालिकाले किसानलाई १ प्रतिशत ब्याजदर कायम गरेर ऋण दिन लागेको हो । पशुपालन गर्ने ब्यक्ति, फर्म, समूह र कम्पनीले सहुलियत दरको ऋण पाउने प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।

पालिकाले स्थापना गरेको ब्यवसायिक पशुपन्छी विकास कोषमा जम्मा भएको रकम सहुलियतपूर्ण ऋण स्वरुप किसानलाई दिन लागेको हो । ‘हामीले किसानहरुको हितका लागि भनेर एउटा कोष खडा गरेका थियौँ, प्रमुख प्रशासकीय अधिकृत दुलालले भने ‘त्यहि कोषमा जम्मा भएको रकम सहुलियतपूर्ण ऋणका रुपमा पशुपालक किसान दाजुभाई दिदीबहिनीले पाउनुहुनेछ ।’

किसानले ऋण सहकारी मार्फत पाउनेछन् । त्यसका पालिकाले ४ वटा सहकारी छनौट गरेर सम्झौता समेत गरिरकेको छ । पालिकाभित्र ७ ओटा वडा रहेका छन् । पालिकाले एक महिनाभित्र निवदेन दिन पनि भनेको छ । ‘यो ऋण बापतको रकम सहकारी मार्फत किसानहरुले पाउने हो, सहकारीसँग हामीले सम्झौता गरिसकेका छौँ, दुलालले भने ‘सहकारीले हाम्रो नियम अनुसार ऋण प्रवाह गर्नुपर्नेछ, त्यो सम्झौतामा स्पष्टसँग उल्लेख गरिएको छ, अतिरिक्त शुल्कको नाम कुनै पनि किसानसँग तोके भन्दा बढी रकम अशुले कारबाहि हुनेछ, यो पशुपाल्ने किसान प्रोत्सान कार्यक्रम हो ।’

प्रकाशित मिति : २०७६, ४ फाल्गुन आईतबार  ७ : १६ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा