२०८३, ७ कार्तिक शनिबार

विप्लव समूहका सिन्धुपाल्चोक सेक्रेटरी भक्तपुरमा पक्राउ

विप्लव समूहका सिन्धुपाल्चोक सेक्रेटरी भक्तपुरमा पक्राउ


भक्तपुर, माघ ७ : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सिन्धुपाल्चोक सेक्रेटरी भुवनसिंह तामाङ भक्तपुरमा पक्राउ परेका छन। तामाङलाई मध्यपुर थिमि-४ चारदोवाटोबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चारदोबाटोमा अपरिचित व्यक्तिले स्थानीय व्यापारीहरूलाई धाकधम्की दिई जवरजस्ती चन्दा असुली गरी हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थिमिको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-९ का ४४ वर्षीय तामाङलाई पक्राउ गरी सोधपुछ गर्नेक्रममा प्रतिबन्धित नेकपा विप्लव समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरीसमेत भन्ने बुझिन आएको प्रहरी नायव उपरीक्षक थापाले बताए। तामाङलाई थिमि वृत्तमा राखी अभद्र व्यवहार कसूरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित मिति : २०७६, ७ माघ मंगलबार  ५ : ११ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना