२०८३, २५ भाद्र शुक्रबार

मेलम्ची नगरपालिकाले इन्द्रावती नदीमा बाँध बाध्ने

मेलम्ची नगरपालिकाले इन्द्रावती नदीमा बाँध बाध्ने


धुलिखेल, ४ माघः सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले जल पर्यटनका लागि छलफल थालेको छ । नगरपालिकाले जल पर्यटनका लागि इन्द्रावती नदीमा बाँध बाध्ने योजना बनाएको छ ।

नगरपालिकाको वडा नम्बर १० र १२ नम्बर क्षेत्रमा बाँध बाध्ने बारे सरोकारवाला निकायसँग छलफल समेत गरिसकेको प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार प्रदेश सांसद, जिल्ला समन्वय समिति प्रमुख, नगरपालिकाका जनप्रतिनिधि, राजनैतिक पार्टीका प्रतिनिधि र स्थानीयबीच पहिलो चरणको छलफल भएको हो । नगरपालिकाले बाहुनेपाटी क्षेत्रमा बाँध बाधेर दीर्घकालिन जल पर्यटन प्रवद्र्धन गर्ने योजना बनाएको छ । ‘यो एकदमै पहिलो चरणको छलफल हो, उनले भने स्थानीय नागरिक सहित सरोकारवाला निकायबाट निकै सकारात्मक सल्लाह र सुझाव आएको छ ।’

नगरपालिकाले २० मिटर अग्लो बाँध बाधेर बोटिङ सञ्चालन र माछा पालन गर्ने योजना बनाएको छ । भू–गर्व विद र जलस्रोत विदसँग अर्को चरणको छलफल गरेर विस्तृत आयोजना प्रतिवेदन तयार गरिने प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताए । हेम्बुल र पाँचपोखरी जाने पर्यटकलाई कम्तीमा एक दिन भएपनि मेलम्चीमा बसाउने नगरपालिकाको उद्देश्य छ । ‘अहिले धेरै पर्यटक हेम्लम्बु र पाँचपोखरी घुम्न पुगिरहनुभएको छ, जादाँ होस या आउँदा, एक रात मेलम्चीमा पर्यटकलाई राख्ने वातावरण सिर्जना गराउन खोजेका हौँ, उनले भने ‘त्यसको लागि अहिलेकै पूर्वाधारले बस्ने अवस्था छैन, हामीले दीर्घकालिन रुपमा सोच्नुपर्छ ।’

प्रकाशित मिति : २०७६, ४ माघ शनिबार  ५ : ५७ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको