२०८३, २५ भाद्र शुक्रबार

काभ्रे भएर गुड्ने टिपर चालकलाई ९ बुदेँ सपथ

काभ्रे भएर गुड्ने टिपर चालकलाई ९ बुदेँ सपथ


धुलिखेल, २८ पुसः जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले काभ्रे हुदैँ चल्ने टिपर चालकलाई सपथ खुवाउन सुरु गरेको छ । ट्राफिक प्रहरीले सोमबारबाट सपथ खुवाउन थालेको जिल्ला ट्राफिकका प्रहरी प्रमुख विशाल तामाङले जानकारी दिए ।

लिखित प्रतिबद्धता सहितको सपथ भोली पनि खुवाइने निरीक्षक तामाङले बताए । तामाङका अनुसार सथपमा ९ बुदाँ समावेश गरिएको छ । बागमती टिपर व्यवसायी संघ र जिल्ला ट्राफिक प्रहरी कार्यालयले लिखित प्रतिबद्धता सहित सपथ खुवाउन थालेको हो ।

सपथ पत्रमा आकस्मिक सेवाका साधन र पैदल यात्रुलाई प्राथमिकता दिने, मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउने, तिव्र गतिमा नकुदाउने, जथाभावी ओभरटेक र पार्किङ नगर्ने उल्लेख छ । त्यस्तै संगीतको लागि उफर, झलर र स्टिकर नराख्ने, बस्ती क्षेत्रमा प्रेसर हर्न नबजाउने र पानी चुहाएर सामान ढुवानी नगर्ने भनिएको छ ।

त्यसैगरी गाडी चलाउदा मोबाइल फोनको प्रयोग नगर्ने, क्याविन र ढालामा यात्रु नराख्ने, ट्राफिक नियमको पालना गर्ने र गाडीको कागजपत्र सधै साथमा राख्ने प्रतिवद्धता चालकहरुले जनाएका छन् । चालकलाई थप जिम्मेवार बनाउन सपथ खुवाइएको ट्राफिक प्रहरी प्रमुख तामाङको भनाई छ । काभ्रे हुदँै दैनिक दुई हजारभन्दा बढी टिपर गुड्दै आएका छन ।

प्रकाशित मिति : २०७६, २८ पुस सोमबार  ३ : १० बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको