२०८३, १८ बैशाख शनिबार

नेकपा सिन्धुपाल्चोकमा पहिलो पटक भ्रातृ संगठनको एकता

नेकपा सिन्धुपाल्चोकमा पहिलो पटक भ्रातृ संगठनको एकता


धुलिखेल, १५ पुसः मुल पार्टी एकीकरण भएको लामो समयपछि सिन्धुपाल्चोकमा पहिलो पटक भ्रातृ संगठनको एकता भएको छ । मंगलबार सदरमुकाम चौतारामा पूर्व प्रेस चौतारी र पूर्व प्रेस सेन्टरबीच एकता घोषणा गरिएको हो ।

घोषणासँगै प्रेस संगठन नेपालले जिल्लामा बैधनिकता पाएको छ । संगठनको संयोजकमा पूर्व प्रेस चौतारीबाट विदुर आचार्य र सह संयोजकमा पूर्व प्रेस सेन्टरबाट अशोक पराजुली रहेका छन् । एकता भेलालले २४ सदस्यीय नयाँ जिल्ला कार्य समिति बनाएको छ ।

नेकपा सिन्धुपाल्चोकले २३ वटा जनबर्गीय संगठन जिल्लामा आवश्यक रहेको केन्द्रमा सिफारिस गरेको थियो । त्यसमा प्रेस संगठनको एकता पहिलो भएको नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले बताए ।

एकता भेलाले सुनिता रखाल, यशोदा आचार्य, देव राज सुवेदी, बाजुराम थापामगर, गोविन्द नेपाल, दिपल खत्री, सुनिता लामा, सन्तोष चौलागाई, मिना दुलाल, केशव थापा, सुन्दर शिषिर, रमेश पराजुली, अर्जुन शर्मा, केशव अधिकारी, गीता दुलाल, निर्मल बस्नेत, तारानाथ नेपाल, नारायण पराजुली, मिङमार लामा, जीवन बानियाँ, गोमा खत्री र दिपिन ढुंगानालाई जिल्ला सदस्यमा चयन गरेको छ ।

प्रकाशित मिति : २०७६, १५ पुस मंगलबार  ६ : ३६ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा