२०८३, ७ कार्तिक शनिबार

पनौतीमा अपाङ्गमैत्री वडा भवनको शिलान्यास, बर्थिङ सेन्टरको उद्घाटन

पनौतीमा अपाङ्गमैत्री वडा भवनको शिलान्यास, बर्थिङ सेन्टरको उद्घाटन


धुलिखेल, ३० मंसिरः काभ्रेको पनौती नगरपालिकाको वडा नं ४ मा सुविधा युक्त नयाँ भवन बन्ने भएको छ ।

भवनको सोमबार नगरपालिका प्रमूख भिम प्रसाद न्यौपानेले शिलान्यास गरे । भवन निर्माणका लागि ४ करोड ७५ लाख ६ हजार रुपैँया रकम विनियोजन गरिएको नगरपालिकाका इन्जिनियर प्रेम कुमार सोनामले जानकारी दिए ।

१७ महिनामा निमार्ण पूरा गर्ने योजना रहेको भवन अपाङ्गमैत्री हुनेछ । वडा नं ३ को वडा भवन पनि बनाउने काम सुरु भैसकेको छ । नगरपालिकाभित्रका सबै वडा कार्यालयल सुविधासम्पन्न बनाउँदै जाने नगरका प्रमूख न्यौपानेले बताए ।

यसैबीच पनौती नगरपालिका वडा नम्बर ७ मा निर्माण गरिएको बर्थिङ सेन्टर आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । पनौती स्वास्थ चौकिको बर्थिङ सेन्टरको नगर प्रमुख भिम प्रसाद न्यौपानेले उद्घघाटन गरेका हुन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईं, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारी, जिल्ला स्वास्थ कार्यलय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झा, पनौती नगपालिका स्वास्थ शाखा प्रमुख पुरुषोत्तम तिमल्सिना, स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका नेता, स्वास्थ्य कर्मी र सेवाग्राहि उपस्थित रहेको पनौती स्वास्थ्य चौकी संचालक समितीका अध्यक्ष एंव वडा अध्यक्ष रामचन्द्र नास्नानीले बताउनुभयो ।

प्रकाशित मिति : २०७६, ३० मंसिर सोमबार  ६ : ३६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना