२०८३, ९ असार बुधबार

सिन्धुपाल्चोक बस दुर्घटनाका सबैक सनाखत (नाम सहित)

सिन्धुपाल्चोक बस दुर्घटनाका सबैक सनाखत (नाम सहित)


धुलिखेल ३० मंसिरः सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाएका १५ जनाको नै सनाखत भएको छ । दोलखाको कालिञ्चोक दर्शन गरी काठमाण्डौ तर्फ फर्किदै गरेको बा ४ ख ४४६८ नम्बरको रिजर्भ बस हिजो विहान सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ५ स्थित ६ किलो माथिल्लो स्वारामा दुर्घटना हुदाँ १२ जनाको घटनास्थलमै, दुई जनाको उपचारको लागि धुलिखेल तर्फ ल्याउँदै गर्दा बाटोमै र एक जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

शैलुङ गाउँपालिका वडा नम्बर ६ का चिनु बस्नेतको खनाखत भएसँगै सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमूख एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा ७ का २८ वर्षीय शुक बहादुर तामाङ, ६० बर्षीय सविना तामाङ, १५ महिनाकी रोशनी तामाङ, २८ वर्षीय मञ्जु तामाङ, ३० बर्षीय रेश्मा तामाङ, सिन्धुपाल्चोककै लिसंखु पाखर गाउँपालिका वडा नम्बर ४ का ५५ बर्षीय गंगा माया लामा, बलेफी गाउँपालिका वडा नम्बर ७ की ४३ बर्षीय फूल माया तामाङ रहेका छन् ।

त्यसैगरी काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ का ३६ बर्षीय रामशरण खत्री र उनकी श्रीमती ३५ बर्षीय मैँया केसी पनि मृत्यु भएको छ ।

दुर्घटनामा परी रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ की २४ बर्षीय मैया तामाङ, सुनापति गाउँपालिका वडा नम्बर ६ की ४०÷४२ की जुनु माया तामाङ, दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ६ का १० बर्षीय रञ्जित बस्नेत र भिमेश्वर नगरपालिका वडा नम्बर ९ की ४२ बर्षीय लक्ष्मी श्रेष्ठ मृत्यु भएको छ । एक जनाको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

घटनामा १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । धुलिखेल अस्पतालमा ३ जनाको उपचार भइरहेको छ । केएसीमा एक जना, ह्याम्स अस्पतालमा १४ जना र सिन्धु सदावहार अस्पताल खाडिचौरमा ४ महिनाकी बालिकाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस चालक फरार रहेकोले दुर्घटनाको कारण खुल्न सकेको छैन । बसमा सवार सबै घाइते भएको र चालक पनि फरार रहेकाले दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रकाशित मिति : २०७६, ३० मंसिर सोमबार  ८ : २१ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि