२०८३, १० असार बिहीबार

काभ्रेमा पुन : निर्माण : प्रशासन मौन, खिया लागेको रड देखि म्याद नागेको सिमेन्टको प्रयोग

काभ्रेमा पुन : निर्माण : प्रशासन मौन, खिया लागेको रड देखि म्याद नागेको सिमेन्टको प्रयोग


धुलिखेल, २० मंसिर २०७२ सालको भूकम्पले क्षति पुर्याएका काभ्रे जिल्लामा निजी घर निर्माणको हिसाबले गति लिन सकेको छैन् । भूकम्पअति प्रभावित १४ जिल्ला मध्ये काभ्रेमा निजी आवास पुनःनिर्माणको अवस्था निकै कमजोर छ ।

पाँच वर्ष बित्नै लाग्दा हालसम्म जम्मा ५७ प्रतिशत मात्रै निजी आवास निर्माण सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको धुलिखेल स्थित अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ ।

ट्रान्फरेन्सी इन्टरनेश्नल नेपाल काभ्रेले शुक्रबार धुलिखेलमा आयोजना गरेको कार्यक्रममा दिइएको जानकारी अनुसार ४७ हजार ४ सय ८८ जना लाभग्राहिले मात्रै अन्तिम किस्ता बापतको रकम लिएका छन् । जिल्लामा ७६ हजार ३ सय २२ लाभग्राहिसँग सम्झौता भएको थियो ।

निर्माण पुरा भएका घरमा पनि गुणस्तरीय सामान प्रयोग नभएको पाइएको छ । खिया लागेको रड र म्याद नागेको सिमेन्ट प्रयोग भएको भन्दै निर्माण सकिएपनि घरको गुणस्तरमा समस्या रहेको इन्जिनियरहरुले बताए । त्यस्तै माटोको धुलो मिलिएको बालुवा समेत प्रयोग भएको भन्दै इन्जिनियरहरुले घरको बलियो पनमा प्रश्न उठाएका छन् ।

निजी आवासमा जस्तै विद्यालय निर्माणमा समेत गुणस्तरीय सामानको प्रयोगमा समस्या देखिएको जिल्ला आयोजना कार्यान्वयन इकाई (स्कुल) हेर्ने कार्यालयकी इन्जिनियर श्रेया झाले बताइन् । ‘सामानको स्टोरमा कतै पनि सावधानी अपनाएको पाएका छैनौँ, विकट बस्तीमा त झनै समस्या छ, इन्जिनियर झाले भनिन ‘इट्टा, रड, सिमेन्ट, बालुवा, गिट्टीको गुणस्तर केहि विद्यालयले भने जाँच गरेका छन् ।’

पुनःनिर्माणमा ब्यवसायीहरुले समेत चरम लाहर्पाहि गरेका छन् । प्रशासनले समयमै बजार अनुगमन नगरिदिदाँ लाभग्राहि महँगोमा सामान किन्न बाध्य छन् । प्राधिकरणले निजी आवास निर्माणका लागि समय अघिल्लो वर्ष तोकेपछि निकै हतारमा लाभग्राहि थिए । काभ्रेका मात्रै होइनन्, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुलीसम्मका लाभग्राहिले बनेपाबाट निर्माण सामग्री चर्को मूल्यमा खरिद गरे ।

तर जिल्ला प्रशासन कार्यालय काभ्रे भने कानमा तेल हालेर बस्यो । जसको फाइदा ब्यापारीले लुटे । भूकम्पले बास गुमाएका लाभग्राहि मारमा परे । ७ सय प्रतिबोराको सिमेन्टलाई एक हजार रुपैयाँसम्म ब्यापारीले भूकम्पप्रभावितसँग असुले । तर प्रशासन मौन रह्यो । समयमै घर नबनाए सरकारी किस्ता रकम नपाउने चिन्तामा रहेका भूकम्पप्रभावितलाई पसलै पिच्छेको फरक मूल्यले हैरान खेलायो । न त स्थानीय तहले बजार अनुगमन गरे । न प्रशासन कार्यालयले नै । लडेको माथि थिचेको भने झै ब्यापारीले भूकम्पप्रभावितलाई निस्फिक्री ठगी रहे ।

प्रकाशित मिति : २०७६, २० मंसिर शुक्रबार  ८ : ३४ बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा