२०८३, ७ कार्तिक शनिबार

सामुदायिक विद्यालयको सुधारमा लाग्न मन्त्री बास्कोटाको आग्रह

सामुदायिक विद्यालयको सुधारमा लाग्न मन्त्री बास्कोटाको आग्रह


धुलिखेल, २० मंसिर: सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सामुदायिक विद्यालयको सुधार भएमात्रै निजी विद्यालयमा अभिभावकको रुचि कम हुदैँ जाने बताएका छन् ।

भुम्लु गाउँपालिकामा शुत्र्रmबार विद्यालय भवन उद्घाटन गर्दै मन्त्री बास्कोटाले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न तर्फ लाग्न सबैलाई आग्रह गरे ।एकपक्ष लागेर मात्रै सामुदायिक विद्यालयको सुधार नहुने भन्दै मन्त्री बास्कोटाले चौतर्फी सुधारको खाचोँ रहेको औल्याए । ‘एउटा मात्रै पक्षले सुधार गर्न खोजेर सुध्र्रन समय लाग्छ, मन्त्री बास्कोटाले भने ‘सामुदायिक विद्यालयलाई सुधार्न सबैपक्षको ध्यान जान जरुरी छ ।’

मन्त्री बास्कोटाले भुम्लु गाउँपालिकाको वडा नम्बर २ सिम्थलीमा रहेको अरुणोदय मावि र वडा नम्बर ४ को सेतीदेवी माविमा बनेको नयाँ भवन उद्घाटन गरे । अरुणोदय माविको भवन निर्माणमा ६ करोड ५० लाख रुपैया खर्च भएको छ । यो विद्यालयमा १० कोठे दुईवटा भवन निर्माण सम्पन्न भएको हो । त्यस्तै सेतीदेवी मावि ४ करोड रुपैँयामा ८÷८ कोठाको दुई वटा भवन निर्माण भएको गाउँपालिका प्रमूख गुमानध्वज कुवँरले जानकारी दिए ।

यसैगरी कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद लक्ष्मण लम्सालले चुनावी घोषणापत्रका आधारमा कोशीपारी क्षेत्रको विकास गर्ने बताउनुभयो । विद्यालय उद्घाटन गर्न जिल्ला समन्वय समितिका प्रमूख उद्धव केसी, गाउँपालिका प्रमूख गुमानध्वज कुवँर, उपप्रमूख कल्पना श्रेष्ठ लगायत पुग्नु भएको थियो ।

प्रकाशित मिति : २०७६, २० मंसिर शुक्रबार  ६ : ३९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना