२०८३, ७ कार्तिक शनिबार

पात्लेखेतको हनुमान मावि परिसरभित्रको मदिरा बेचविखन रोक्न अनेरास्ववियूको ज्ञापनपत्र

पात्लेखेतको हनुमान मावि परिसरभित्रको मदिरा बेचविखन रोक्न अनेरास्ववियूको ज्ञापनपत्र


काठमाण्डौ, १९ मंसिर: काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतमा रहेको हनुमान मावि परिसरभित्रको मदिरा तथा सुर्तीजन्य पदार्थ हटाउन दबाब बढेको छ ।

बिहिबार नेकपाको भ्रातृ संगठन अनेरास्ववियूले धुलिखेल नगरपालिकामा पसल हटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो । विद्यालय हाताभित्र मदिरा बेचविखन गर्न नपाउने भन्दै ज्ञापनपत्र बुझाएको अनेरास्ववियूका धुलिखेल नगर इन्चार्ज मिलन गौतमले बताउनुभयो ।

हनुमान मावि परिसरभित्र खुल्लाम खुल्ला मदिरा र सुर्तीजन्य पदार्थ बेचविखन भइरहेको खबर बुधबार रेडियो नमोबुद्ध र खबरघर अनलाइनले प्रसारण तथा प्रकाशन गरेका थिए । विद्यालय प्रशासनले गएको असोज ९ गते एक सुचना जारी गर्दै तीन दिनभित्र मदिरा र धुम्रपान बेचविखन नगर्न आग्रह गरेपनि अहिलेसम्म कुनै पनि पसलले कार्यान्वयन गरेका छैनन् ।

विद्यालयकै भवन सटर भाडामा लिएर पसल ब्यवसाय चलाई रहेका ब्यापारीहरुले मदिरा र सुर्तीजन्य पदार्थ बेचविखन गरिरहेका हुन् । सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्न २०६८ सालमा बनेको ऐन अनुसार विद्यालयको दुईसय मिटर वरपरको क्षेत्रमा मदिरा र सुर्तिजन्य सामग्री बेचविखन गरे कारबाही हुने ब्यवस्था छ । अनेरास्ववियूका धुलिखेल नगरअध्यक्ष रमेश धितालद्धार हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ ‘विद्यालयको आफ्नै सटरहरुमा रहेको होटलदेखि किराना पलसहरुमा सुर्तिजन्य पदार्थ बेचविखन गरिरहेको हुँदा सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्न २०६७ बमोजिम एक हप्ताभित्र हटाउन अनुरोध गरिन्छ ।’

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बाबुराम धितालले विद्यालय हाताभित्र मदिरा तथा सुर्तीजन्य पदार्थ बेचविखन नभएको दाबी गर्छन । तर विद्यालयका प्रधानाध्यपक देवीप्रसाद ढुंगानाले विद्यालय परिसरभित्रका पसलहरुबाट मदिरा र सुर्तीजन्य सामग्रीको बेचविखन नहटेको बताए ।

ज्ञापनपत्र

प्रकाशित मिति : २०७६, १९ मंसिर बिहीबार  ७ : १४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना