२०८३, ७ कार्तिक शनिबार

काभ्रेका प्रहरी चौकीमा मोटरसाइकल व्यवस्थापन गर्नै कठिन

काभ्रेका प्रहरी चौकीमा मोटरसाइकल व्यवस्थापन गर्नै कठिन


काभ्रे, ७ मङ्सिर: जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलगायत विभिन्न इलाका प्रहरी र चौकीमा थन्किएका मोटरसाइकल व्यवस्थापन गर्नै कठिन भएको छ ।  जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले जाँच गर्दा नवीकरण फेल भएका, वेवारिसे अवस्थामा फेला परेको र सवारी दुर्घटनाको क्रममा कानूनी कारवाहीका लागि कार्यालयमा ल्याउने क्रममा त्यस्ता मोटरसाइकलको आधिकारिता खोजिने बताउनुभयो । तर, त्यो प्राप्त नभएसम्म प्रहरी कार्यालयमा नै राखिने गरेको कारण मोटरसाइकल थुप्रिएको हो ।

मोटरसाइकल जिल्ला प्रहरी कार्यालय परिसरमा ५१ वटा रहेको छ । अन्य इलाका प्रहरी र चौकीमा २०÷२५ मोटरसाइकल छ । थन्क्याइएको मोटरसाइकल व्यवस्थित गर्न झन्झटिलो भएकोले त्यतिकै राखिएको छ । त्यस्ता मोटरसाइकल बुझाउने भन्सारमा भएपनि प्रक्रिया झन्झटिलो भएकाले थुपारेर राखिएको प्रहरीले जनाएको छ ।

“मुद्दा चलेकाको हकमा अदालतको आदेशपछि सम्बन्धित धनीले पाउने हो, केही सवारीसाधनको अन्तिम टुङ्गो लाग्न बाँकी रहेकाले थन्किएका छन्”, उहाँले भन्नुभयो, “चोरीका मोटरसाइकल धनी नआएकाले थन्किरहेका छन् ।” जिल्ला प्रहरी कार्यालय धुलिखेलमा अभिलेखमा नदेखिएको २०, बेवारिसे १८, सवारी दुर्घटनको नौ, पाँच वर्ष अवधि नवीकरण फेल भएका तीन र शङ्कास्पद एक गरी ५१ मोटरसाइकल थुपारेर राखिएको छ । रासस

प्रकाशित मिति : २०७६, ७ मंसिर शनिबार  ८ : ०६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना