२०८३, १८ बैशाख शनिबार

कैदी गर्लफ्रेन्डसँग जान्छन् डेटिङमा

कैदी गर्लफ्रेन्डसँग जान्छन् डेटिङमा


काठमाडौं, मंसिर ५ : बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हाल्ने जघन्य अपराधका अभियुक्त अफ्ताब आलमलाई राखिएको नख्खु कारागारभित्र कैदीबन्दीले नै ठगी धन्दा चलाउने र बाहिर घुम्नसमेत निस्किने गरेको खुलेको छ।

नख्खु सुधारगृह कार्यालय स्रोतका अनुसार चौकीदार सन्तोष गुरुङ र नाइकेहरू टासी गुरुङ, भीम बस्नेत, शक्ति प्रजा, सोम तामाङ, आइते तामाङ र प्रकाश कार्कीले पछिल्लो पाँच महिनामा कारागारभित्र र बाहिर गरी ७४ लाखभन्दा धेरै ठगी गरेका हुन्। कारागारभित्रै बन्दीसँग ५० लाख १३ हजार र बाहिरका रासनपसलेसँग २३ लाख २१ हजार ठगी गरेका छन् भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ।

डेटिङमा चौकीदार चौकीदार पनि कैदीबन्दी नै हुन् । कारागारभित्र कैद भुक्तान गरिरहेको व्यक्ति बाहिर निस्किन मिल्दैन। कामले निस्किनै परे पनि सुरक्षाकर्मीको कडा निगरानी हुन्छ । तर, नख्खु कारागारका चौकीदार सन्तोष गुरुङ कारागारबाट सजिलै निस्किएर डेटिङसमेत जाने गरेको पाइएको छ। तर, उनको हर्कतबारे सुरक्षाकर्मी र जेलर अनभिज्ञता जनाउँछन्।

नख्खु सुधारगृह कार्यालयका प्रमुख सुरेन्द्र पौडेल भने गर्लफ्रेन्डसँग गुरुङले खिचेको फोटोमा पनि षड्यन्त्र भएको दाबी गर्छन्। ‘कस्तो फोटो होरु कहाँको फोटो होरु त्यसबारे मलाई थाहा भएन । यदि हो भने पनि त्यसमा षड्यन्त्र छ । समीरमानसिंह बस्नेत चिन्नुहुन्छ निरु यसमा पक्कै उनीहरूकै हात हुनुपर्छ,’ पौडेलले भने।

प्रकाशित मिति : २०७६, ५ मंसिर बिहीबार  ८ : ३२ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा