२०८३, ३० असार बुधबार

अनसनरत डा. केसीका वार्ताकारसँग सरकारको सात बुँदे सहमति, अनसन तोडिँदै

अनसनरत डा. केसीका वार्ताकारसँग सरकारको सात बुँदे सहमति, अनसन तोडिँदै


१० साउन, काठमाडौं । चिकित्सा शिक्षा विधेयक संसदमा पेश भएपछि २७ दिन अघि असार १९ गते जुम्लाबाट अनसन सुरु गरेका डा गोविन्द केसीको वार्ता टोलीसँग सरकारकाले ७ बुँदे सहमति गरेको छ । यसअघिको सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशका केही बुँदा हटाएर नयाँ विधेयक संसदमा पेश गरेपछि डा. केसीले २७ दिनअघि जुम्लाबाट अनसन बस्न शुरु गरेका थिए ।

अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता सफल भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदबारमा बिहीबार भएको वार्तामा सात बुँदे सहमति गरेर वार्ता टुंगिएको हो । डा. केसीको वार्ता टोलीसँग भएको सहमतिपछि नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ प्रधानमन्त्रीको प्रतिनिधित्व गर्दै डा केसीलाई भेट्न जाँदैछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीसँग सहमतिका लागि सन्देश पठाएसँगै सिँहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई पक्षबीच वार्ता सुरु भएको थियो । प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङमार्फत् सरकारी वार्ताटोलीलाई डा केसीसँग सहमतिका लागि सन्देश पठाएका थिए।

डा. केसीको वार्ता टोलीमा डा. अभिषेक सिंह, अधिवक्ता सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल सहभागी थिए। डा.केसीका तर्फबाट वार्तामा सहभागी भण्डारीले सहमति भएको जनाए । उनका अनुसार केसीलाई जानकारी गराएपछि सहमतिपत्रमा हस्ताक्षर हुने र अनशन तोडिनेछ ।

प्रकाशित मिति : २०७५, १० श्रावण बिहीबार  ७ : ०३ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित