२०८३, ९ असार बुधबार

‘दलितको घर’ थाहा पाएपछि मण्डपबाटै भागे पूजारी, नेताले नै लुकाए घटना

‘दलितको घर’ थाहा पाएपछि मण्डपबाटै भागे पूजारी, नेताले नै लुकाए घटना


कपिलवस्तु, ४ मंसिर : शिवराज नगरपालिका ५ को चन्द्रौटामा पूजा गर्न गएका पूजारीहरु ‘दलितको घर’ भन्ने थाहा पाएपछि पूजा मण्डप नै छाडेर भागेका छन् ।चन्द्रौटा बजारमा स्थानीय मिलन विश्वकर्माले निर्माण गरेको नयाँ घरको पूजा, रुद्री, सत्यनारायण पूजा लगायत कर्मका लागि निम्त्याइएका पूजारीहरु भीमप्रसाद आचार्य र गोविन्द भट्टराई उक्त घरका घरमालिक दलित भएको थाहा पाएपछि पूजा स्थलबाट ‘एकै छिनमा आउने’ बाहाना बनाएर भागेका हुन् ।

पूजाका लागि घर मालिक मिलन विश्वकर्माले घर चिटिक्क पारेका थिए । आगनमा फूलमाला र पताकाले सिंगारिएको पूजा मण्डप बनाइएको थियो ।पूजाका लागि आफन्तजन, ईष्टमित्र बिहानैबाट जुट्दै थिए । तर करिब १० बजे पूजा सुरु गर्न लागेपछि मिलन दलित भएको थाहा पाएपछि पूजारीहरु भागेको स्थानीयले बताएका छन् ।

पूजा गर्न आएका पूजारी मण्डपबाट भागेपछि पूजाको कार्यक्रम एक घण्टा रोकिएको थियो । पूर्व निर्धारित निमन्त्रणा गरिएका पूजारीहरुल भीमप्रसाद र गोविन्द भागेपछि अर्को पूजारी बोलाइ पूजा कार्य अघि बढाइएको थियो ।

दलित भएकै कारण आफूहरुमाथि पूजारीबाट भएको यो हर्कतले निकै दुखी भएको मिलनले प्रतिक्रिया दिए । ‘जातीय छुवाछुतको आधारमा ममाथि भएको यस्तो घटना विरुद्धमा म कानुनी उपचारका लागि अघि बढ्छु,’ उनले भने ।घटना शनिबारको भए पनि गोप्य राखिएको यो घटना मंगलबार मात्रै बाहिरिएको हो । चन्द्रौटाका राजनीतिक दलका स्थानीय नेताहरु र अगुवाले घटनालाई साम्य पार्न घटना गुपचुप नै राखेका थिए ।

पूजारीबाट माफी मगाएर घटनालाई मिलाउन स्थानीय अगुवाहरु लागिपरेका छन् । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय चन्द्रौटा र जिल्ला प्रहरी कार्यालय तौलिहवाले भने कुनै उजुरी नआएको जनाएका छन् । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रकाशित मिति : २०७६, ४ मंसिर बुधबार  ७ : १९ बजे

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र

चार वर्षपछि विनोद शाही हत्या प्रकरणमा नयाँ मोड : उच्च अदालतबाट ६ जनालाई जन्मकैद

धनगढी । अछामका किशोर विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालतले