२०८३, १८ बैशाख शनिबार

भारतका चर्चित क्रिकेटर सचिन काभ्रेको पात्लेखेतमा

भारतका चर्चित क्रिकेटर सचिन काभ्रेको पात्लेखेतमा


  • रवि धिताल

काभ्रे, ३० कात्तिक : विश्व क्रिकेट जगतमै चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकर काभ्रेको पात्लेखेत पुगेका छन् । क्रिकेटर तेन्दुलकरले नेपालकै पहिलो सुरक्षित खानेपानी घोषणा गरिएको धुलिखेल नगरपालिकाको वडा नम्बर ११ धिताल टोलमा पुगेर धाराको अवलोकन गरेको वडाध्यक्ष विष्णु धिताल काभ्रेलीले जानकारी दिए ।

युनिसेफको सद्भावना दूतका रुपमा नेपाल आएका तेन्तुलकरले धिताल टोल पुगेर खानेपानी धाराको अवलोकन गर्नुका साथै किशोरी समूहले आयोजना गरेको हातधुने कार्यक्रममा समेत सहभागिता जनाएका थिए । गाउँमा विश्वकै चर्चित क्रिकेट खेलाडी आउनेसुनेपछि टाढा टाढादेखिका बालबालिका समेत तेन्दुलकरलाई हेर्न धिताल टोलमा आइपुगेका थिए ।

धिताल टोलमा एकघर, एक धारा कार्यक्रम अन्तर्गत २० घर धुरीमा खानेपानीको धारा निर्माण गरिएको अध्यक्ष काभ्रेलीले बताए । धुलिखेल नगरपालिकाको समन्वय र सिविक फोरमको सहजीकरणमा धिताल टोल पुगेका तेन्दुलकरले त्यहाँका बालबालिकासँग आफ्नो अनुभव समेत साटासाट गरेका थिए ।

बालअधिकारसम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पुगेको अवसरमा युनिसेफले नेपाल ल्याएको मौकामा तेन्दुलकर पात्लेखेत पनि पुगेका हुन् ।

प्रकाशित मिति : २०७६, ३० कार्तिक शनिबार  ७ : ०४ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा