२०८३, ७ भाद्र सोमबार

सातै प्रदेशका प्रमुखलाई हटाइयो, सातदिनभित्र नयाँ प्रमुखको नियुक्ति, प्रतिपक्षी दल कांग्रेसको विरोध

सातै प्रदेशका प्रमुखलाई हटाइयो, सातदिनभित्र नयाँ प्रमुखको नियुक्ति, प्रतिपक्षी दल कांग्रेसको विरोध


काभ्रे, २१ असार । सरकारले तत्कालिन देउवा सरकारले नियुक्ति गरेका सातै प्रदेशका प्रमुखलाई हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले सात प्रदेशका प्रमुखहरूलाई हटाउने निर्णय गरेको थियो । सरकारले सातै प्रदेशका प्रमुखलाई हटाउने निर्णय गरेको सरकारका कानून मन्त्री शेरबहादुर तामाङले पुष्टि गरेका छन् ।

मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा निर्वाचनको आचारसंहिता लागू भएको भदौ १४ देखि नयाँ सरकार बनेको फागुन ३ बीचका सबै राजनीतिक नियुक्त खारेज गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले माघ ३ गते सातै प्रदेशमा प्रमुखहरू नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरी नियुक्ती दिएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश–१ मा गोविन्द सुब्बा, २–मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । मन्त्रिपरिषद्ले प्रदेश प्रमुख हटाउन गरेको सिफारिस राष्ट्रपतिले स्वीकृत गरेपछि उनीहरू पदमुक्त हुने संवैधानिक व्यवस्था छ ।

‘प्रतिनिधिसभा र प्रदेश सभा चुनावको आचारसंहिता लागू भएदेखि निर्वाचित सरकार गठन नहुँदासम्मका सबै राजनीतिक नियुक्ति फिर्ता लिने निर्णय मन्त्रिपरिषदले गरेको छ,’ मन्त्री तामाङले भने, ‘प्रदेश प्रमुखहरूको नियुक्ति पनि राजनीतिक हो र सातै प्रदेशका प्रमुखलाई हटाउने निर्णय गरिएको छ ।’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने आफ्नो सरकारको पालमा गरिएका राजनीतिक नियुक्ति खारेजीको विषयमा विरोध जनाएको छ । नेपाली कांग्रेसले सडक र सदनमा त्यसको विरोध गर्ने भन्दै १३ बँुदे मागका साथ चेतावनी समेत दिएको छ । मन्त्री परषदले गरेको यो निर्णलाई सिफारिस साथ राष्ट्रपति समक्ष पेश गरिएपछि एक साताभित्र प्रदेश प्रमुखहरुलाई पदमुक्त हुनेछन् ।

प्रकाशित मिति : २०७५, २१ असार बिहीबार  ६ : २९ बजे

राप्रपाको कडा एक्सन : बाग्मतीका तीन मन्त्रीलाई पदमुक्त गर्न लिङदेनको पत्र

काठमाडौं । पार्टीको निर्णय र निर्देशनविपरीत बाग्मती प्रदेश सरकारमा सहभागी

गगनले भेट्न खोजे देउवा, तर अझै खुलेन संवादको ढोका

काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किएको विवाद मिलाउन सभापति गगन थापाले

मन्त्री छान्नै नसक्दा कर्णालीमा सत्ता विस्तार रोकियो, मुख्यमन्त्रीमाथि आफ्नै दलको दबाब

सुर्खेत । कर्णाली प्रदेश सरकार विस्तारको तयारी अन्तिम घडीमा आएर

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको