२०८३, ७ कार्तिक शनिबार

राष्ट्र बैंकले नयाँ नोट बाँड्न थाल्यो: प्रतिव्यक्ति कतिसम्म पाइन्छ ?

राष्ट्र बैंकले नयाँ नोट बाँड्न थाल्यो: प्रतिव्यक्ति कतिसम्म पाइन्छ ?


काठमाडौं, ११ असाेज : आगामी आइतबार घटस्थापनाको दिनबाट सुरु हुने दसैंका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण (सटही) थालनी गरेको छ । शुक्रबार बिहानैदेखि नयाँ नोट लिन जानेहरूलाई र अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले विगतका वर्षहरूको भन्दा यसपालि नयाँ नोट वितरण कार्य निकै सहज र छिटो बनाइएको बताए । उनले नयाँ सटही सुविधा शुक्रबारदेखि आगामी १७ असोजसम्म उपलब्ध हुने जानकारी दिए ।

अहिले काठमाडौंलगायत मुलुकभरका विभिन्न स्थानमा सटही सेवा उपलब्ध गरिएको जानकारी गराउँदै उनले नयाँ नोट वितरण कार्य सुरु भएको पहिलो दिन शुक्रबार दिउँसो काउन्टर बन्द गर्नेबेलासम्म ८ सय ५७ जनाले मात्रै नयाँ नोट सटही गरेको बताए । उनले उपत्यकाभित्र राष्ट्र बैंक र विभिन्न बैंकमार्फत ५, १०, २०, ५० र १ सय दरका नोट सटही गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । उपत्यकाबाहिर भने राष्ट्र बैंकका कार्यालयबाट मात्रै त्यस्तो सुविधा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।

वितरण कार्य सुरु भएको पहिलो दिन शुक्रबार राष्ट्र बैंकमा विगतका वर्षहरूमा जस्तो सर्वसाधारणको बाक्लो लाइन थिएन । लाइनमा बसेका सर्वसाधारणले करिब २० मिनेटभित्र सजिलै नयाँ नोट पाएका थिए । राष्ट्र बैंकले अघिल्ला वर्षहरूमा थापाथलीस्थित कार्यालयबाट रकम वितरण गर्ने गरेको थियो । यसपटक मुद्रा व्यवस्थापन विभाग नै बालुवाटारमा सरेकाले बालुवाटारबाट यस्तो नयाँ नोट सटही गरिएको हो । राष्ट्र बैंकले गत वर्ष करिब १३ अर्ब रुपैयाँको नयाँ तथा सुकिला नोट वितरण गरेको थियो ।

यो वर्ष पनि सोही हाराहारीमा नयाँ नोट बाँड्ने तयारी रहेको राष्ट्र बैंकले जनाएको छ । यो वर्ष राष्ट्र बैंकले गत वर्षभन्दा कमका दरले नयाँ नोट सटही सुविधा दिने जनाएको छ । राष्ट्र बैंकका अनुसार यस वर्ष प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट वितरण गरिनेछ । राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति : २०७६, ११ आश्विन शनिबार  ८ : २८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना