धुलिखेल ५ असोज : प्रदेश सरकार गठन भएको यतिका समय बित्तिसक्दा पनि कामको लय समात्न नसकिरहेको चर्चाका टिप्पणीका माझ प्रदेश ३ का मूख्य मन्त्री डोर मणि पौडेलले भने आफ्नो सरकारको बचाउ गरेका छन् ।
काभ्रेको धुुलिखेलमा स्थानीय जनप्रतिनिधिसँगको अन्तक्रियामा उनले यो अवधिमा धेरै काम भइसकेको र अझ धेरै गर्न बाँकी रहेको सुनाए । ‘विकासको ठोस मोडालिटि बिना नै विकास निर्माणका काम भइरहेका छन, उनले जनप्रतिनिधिलाई साक्षी राखेर भने ‘हाम्रो प्रदेशभित्रका सबै जिल्लामाहरुमा सफल काम भएको छ, अझै यसलाई गतिदिन आफ्नो कार्यकालभित्र कुन क्षेत्रमा कसरी विकास गर्ने भन्ने योजना बनाएर काम गर्नोस, प्रदेश सरकार तपाईहरुलाई साथ दिन सदैब तयार छ ।’
मूख्यमन्त्री पौडेलले स्थानीय सरकारले स्थानीय नागरिकलाई सुहाउँदो योजना बनाएर उनीहरुकै सहभागितामा विकास निर्माणको काम गर्दा मात्रै दिगो हुने उल्लेख गरे । ‘आम मानिसले देख्ने विकास भनेको भौतिक निर्माण मात्रै हो । तर हामीले भौतिकसँगै स्थानीयको दैनिकीमा आइपर्ने हरेक पक्षलाई एकैसाथ लैजान सक्नुपर्छ । मूख्यमन्त्री पौडेलले भने ‘मिलेर गरेको विकासले मात्रै सार्थकता पाउँछ, दिगो हुन्छ ।
मूख्यमन्त्री पौडेलले अबको दुई महिनाभित्र नारायणी नदीमा एकैपटक ३ सय मानिस सवार गर्न मिल्ने जहाज आउने बताए । ‘अहिले पनि धेरै काम भएका छन । कति समय कानुन निर्माणमा बिताउनु परेकाले पनि विकास निर्माणमा सर्वसाधरणले खोजेजस्तो नदेखिएको नहुनसक्छ । ५ वर्ष भित्र प्रदेशका पाँच शहरमा ३ सय वटा विद्युतीय बस चलाउने प्रदेश सरकारको योजना छ । मूख्यमन्त्री पौडेलले सोधे ‘के यो सरकारले गरेका काम होइनन् ?
विदेशमा उत्पादित वस्तुको उपभोग मुलक समृद्ध नहुने भन्दै मूख्य मन्त्री पौडलले स्वदेशी वस्तुको उत्पादन, प्रयोग, बजार प्रवद्र्धन र विस्तारमा लाग्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे ।








प्रतिक्रिया