२०८३, ८ कार्तिक आईतबार

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण पक्का

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण पक्का


काठमाण्डौ४ असोज : चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई लिएर विभिन्न अडकलबाजी भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलका शीर्ष नेताहरुलाई सीको भ्रमण पक्का भएको जानकारी गराएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीको भ्रमण हुने भएको जानकारी गराएका हुन् । यद्यपि उनले भ्रमणबारे धेरै बताएनन्, ‘एजेण्डा नै बनाएर फेरि छलफल गरौंला’ भनेको सचिवालयका एक नेताले जानकारी दिए ।

राष्ट्रपति सी जिनपिङ दशैं लगतै भारत हुँदै नेपाल आउने छन् । सी भारत-चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जानेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीन दिन अनौपचारिक छलफल गरेर उनी नेपाल आउनेछन् ।

दुबै देशको परराष्ट्र मन्त्रालयले भ्रमणको मिति औपचारिक रुपमा घोषणा गरेको छैन । तर १४ अक्टोेबर अर्थात २७ असोजमा आउनेछन् र, भोलिपल्ट फर्किने स्रोतको दाबी छ ।

राष्ट्रपति सीको भ्रमणको पूर्वसध्यामा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको टोली सोमबार नेपाल आउँदैछ । टोलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुसँग ‘सी जिनपिङ थप’बारे समेत छलफल गर्ने कार्यक्रम छ ।

सरकारले भने सीको भ्रमणका क्रममा गर्न सकिने सम्झौताहरुका लागि गृहकार्य थालेको छ ।

यसअघि चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा छलफल भएको काठमाडौं केरुङ रेल मदन भण्डारी विश्वविद्यालय लगायतका विषयलाई टुंग्याउने सरकारको प्रयास छ ।

स्रोतका अनुसार सीको भ्रमणका क्रममा रेलको डीपीआर गर्ने सम्झौता हुनसक्छ । तर, लगानीबारे अहिलेसम्म टुंगो लागेको छैन ।

प्रकाशित मिति : २०७६, ४ आश्विन शनिबार  ८ : २२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना