२०८३, २० आश्विन बुधबार

अन्तर्राष्ट्रिय रङ्गशाला बन्छ : सांसद बस्नेत

अन्तर्राष्ट्रिय रङ्गशाला बन्छ : सांसद बस्नेत


मध्यपुरथिमि, ३ असोज  : सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपाल मजदूर किसान पार्टी ९नेमकिपा० ले विरोध गरे पनि भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बनाएरै छाड्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित श्री सहकारीको कार्यक्रममा उहाँले सूर्यविनायक नगरपालिकाको नलिन्चोकमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा नेमकिपाले विरोध गरेर अवरोध गरे पनि त्यही ठाउँमा रङ्गशाला निर्माण गरेरै छोड्ने बताउनुभएको हो ।

नेमकिपालाई विकास गर्न नसके पनि विकासको काममा विरोध नगर्न चेतावनी दिँदै सांसदले बस्नेतले भन्नुभयो, “भक्तपुरका जनताले मात्र चिनेको नेमकिपालाई भक्तपुरको सांसदको तर्फबाट मेरो शुभकामना छ, यहाँको पार्टी भएकाले भक्तपुरको विकासका लागि सोच्न अनुरोध गर्दछु, विकासको बाधकका रुपमा होइन, विकासको सहयोगीको रुपमा अगाडि बढोस् ।”

सांसद बस्नेतले निर्वाचनपछिको एक वर्षमा सरकारले २०० वटा कानून निर्माण गरिसकेको बताउँदै दुई वर्षको अवधिमध्ये पहिलो वर्ष आधार वर्षका रूपमा मनाएको र अबको वर्ष समृद्धिको वर्ष भएको बताउनुभयो ।

उहाँले कुनै समय सिंहदरबारले भक्तपुरलाई नचिन्ने अवस्था रहेको चर्चा गर्दै आफूले चुनाव जितेर प्रतिनिधिसभामा प्रवेश गरेसँगै अहिले भक्तपुरमा विकासको लहर आएको जिकिर गर्नुभयो । रासस

प्रकाशित मिति : २०७६, ३ आश्विन शुक्रबार  ७ : १४ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि